गुणस्तरीय शिक्षा प्रदान गर्न नीजि क्षेत्रको ठूलो भूमिका रहेको छ–मुख्यमन्त्री कार्की

खबर पूर्वाञ्चल, १६ माघ २०७९, सोमबार २१:३७
432
Shares

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गुणस्तरीय शिक्षा प्रदान गर्न नीजि क्षेत्रले ठूलो भूमिका खेलेको बताएका छन् ।

मुख्यमन्त्री कार्कीले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल मोरङ(हिसान)द्वारा आयोजित हिसान खेल सप्ताहको–२०७९ को आज विराटनगरमा समापन समारोहमा सो कुरा बताएका हुन् । उनले शिक्षा क्षेत्रमा सरकारले गर्नुपर्ने लगानी गर्नुपर्नेमा नीजि क्षेत्रले विद्यालयहरु सञ्चालन गरी सहयोग गरेकोमा प्रशंसा गर्दै मुलुकलाई आवश्यक पर्ने दक्षजनशक्ति उत्पादनमा यसले महत्वपूर्ण योगदान गरेकोे बताए ।

मसख्यमन्त्री कार्कीले सङ्घीयतालाई स्थापित गर्ने दायित्व हामीसबै काँधमा आएको भन्दै प्रदेश संरचनाको सम्वन्धमा उठेका विभिन्न क्षेत्र एवं व्यक्त्ति गर्ने आलोचनालाई चिर्न सबैको साथ सहयोग हुनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले सरकारले प्रदेशको नामाकरणलाई उच्च प्राथमिकतामा राखेको भन्दै यसका लागि आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह समेत गरे । यही माघ १० गतेदेखि १६ गतेसम्म स्थानीय शहीह रंगशालामा सञ्चालित खेलकुद सप्ताहमा जिल्लाका २८ बटा विद्यालयका एक हजार ७०० विद्यार्थीहरुले फुटबल भलिवल,क्रिकेट, बास्केटबल, टेबल टेनिस सिङ्गल र डवल, लामो र छोटो दुरिको दौड लगायत प्रतियोगितामा भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

koshi province
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५