AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशको सुनसरी र झापाबाट ९ जना बन्दकर्ता पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० मंसिर २०८०, शनिबार १८:०६
234
Shares
विराटनगर /प्रहरीले कोशी प्रदेशको सुनसरी र झापाबाट ९ जना बन्दकर्ताहरु पक्राउ परेका छन् ।

यातायात बन्द गर्दै हिड्ने पहिचानबादी समुहका ९ जना बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

धरानमा बन्द गराउँदै हिड्ने राष्ट्रीय जनमुक्ती पार्टी सुनसरी संघर्ष समिति सचिवालय सदस्य सिवहाङ राई, जसपा धरान १५ का अध्यक्ष हरि राई, जसपा युवासंघ सुनसरी अध्यक्ष करूण राई, जसपा धरान सह‍सचिव सुमन चेम्जोङ लिम्बु र किराँत राई यायोख्खा सुनसरीका सहसचिव शम्भु राई धरानबाट पक्राउ परेका हुन् ।

यसैगरी झापाको कमल गाउँपालिका ३ केर्खामा यातायात बन्द गर्न खोज्ने संघिय लोकतान्त्रीक मञ्च नेपालमा आबद्ध ईलाम चुलाचुलीका ध्रुव लावती, सिवसताक्षी नगरपालिका ७ का लिम्बुवान कार्यकर्ता उदयशिगु लिम्बु, नेपाल तामाङ घेदुङ संघ प्रदेश सदस्य जसकुमार तामाङ र संघिय लिम्बुवान चुलाचुली अध्यक्ष नरेन्द्र लिम्बु झापाबाट पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर