विराटनगर/ पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेश १ मा १० जनाको मृत्यु भएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८१४ पुगेको छ ।
प्रदेश १ को विभन्न अस्पतालमा पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको हो ।
विराटनगरको नोबेल शिक्षण अस्पताल र मेची अस्पताल भद्रपुरमा ३–३, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ तथा विराट शिक्षण अस्पताल बुढीगंगामा र ओम आइसुलेसनमा १–१ जनाको मृत्यु भएको सामाजिक विकाश मन्त्रालयले जनाएको छ ।मृत्यु हुनेहरुमा सवै भन्दा बढी झापा जिल्लाका ४ जना संक्रमित रहेका छन् भने मोरङ र सुनसरीका २–२ जना र प्रदेश १ बाहिरका २ जना रहेका मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया