खबर पूर्वाञ्चल
नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेशको चौथो साधारण सभाको आज विराटनगरमा उद्घाटन गर्दै उनले मुलुकको कृषि उत्पादनमा वृद्धि गर्नका लागि अन्य उद्योग सरह मल उद्योग स्थापनामा सहज व्यवस्थापनमा सहयोग गर्ने बताएका हुन् ।
मुख्यमन्त्री राईले संघीय व्यवस्थामा निजी क्षेत्रको भूमिका बढेको समेत बताए । सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै शासन प्रणालीले दिइएको अधिकार प्रयोगमा सहज वातावरण सिर्जना हुनसक्ने उनले बताए ।
मुख्यमन्त्री राईले सरकारको आलोचना मात्रै गरेर निजी क्षेत्र अगाडी बढ्न नसक्ने बताए । ‘बढ्ता आलोचनाले झन नकारात्मक प्रभाव पार्छ’ मुख्यमन्त्री राईले भने–एकसाथ बढ्नु पर्ने सरकार र निजी क्षेत्रबीच सिर्जनशील भूमिका जरुरी पर्दछ ।
राष्ट्रियताको लागि मुलुक आर्थिक रुपमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री राईले यसका लागि निजी क्षेत्र लगायत सबैसँग हातेमालो गरि सरकार अगाडि वढ्ने बताए ।
मुलुकको तीन खम्वे अर्थतन्त्रमा निजी क्षेत्रलाई साझेदारीको रुपमा राखिएको चर्चा गर्दै मुख्यमन्त्री राईले सरकारले ऐन कानूनमा सहजता, शान्ति सुरक्षा र पूर्वाधार उपलव्धताले लगानी मैत्री वातावरण भएकोले उद्योगीहरुलाई लगानी गर्न आग्रह समेत गरे ।
प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सरकारले उत्पादन प्रवद्र्धन गर्दै निर्यात प्रोत्साहनको लागि आधार तयार पार्ने बजेट ल्याएकोले त्यसको कार्यन्वनयमा निजी क्षेत्रले समेत सहयोग गर्नुपर्ने बताए ।
मन्त्री आङ्बोले उत्पादन बृद्धि हुँदै गर्दा बजारीकरण गर्ने जिम्मा उद्योगी–व्यवसायीले लिनुपर्ने आग्रह समेत गरे । उत्पादन र उपभोग्य मुल्यको अन्तर धेरै छ, मन्त्री आङ्बोले भने–बिचौलिया हावी हुँदा उत्पादक र उपभोक्ताबीच मूल्यान्तर बढी हुने गरेको छ । यसका लागि निजी क्षेत्रले उत्पादक र उपभोक्ताबीचको समन्वयात्मक मूल्य निर्धारण गर्न बजारीकरणको जिम्मेवारी लिनुपर्ने मन्त्री आङ्बोको भनाई थियो ।
मन्त्री आङ्बोले् विराटनगरका उद्योगीहरुले संघीय सरकारको बजेटमा असन्तुष्टि राख्दै आएकोप्रति सरकारको ध्यानाकर्षण भएको बताए । उनले अर्थमन्त्री जनार्दन शर्माले उद्योगी–व्यवसायीको माग सम्बोधन गर्ने समयको प्रतिक्षामा रहनु भएकोले अनावश्वक दवाव र आन्दोलनमा उत्रनुपर्ने आवश्यकता नरहेको समेत बताए । महँगो विद्युतीय सवारी साधनमा भन्सार वृद्धि गरिएको र गरागराबाट चोरी तस्करी हुने कार्यलाई नियन्त्रण गर्न चकलेटमा भन्सार कम गरिएको उनले स्पष्ट पारे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विश्व बजारमा बढ्दो मूल्यका कारण नेपालीका लागि आगामी दिन कठिनका हुनसक्ने बताए । अध्यक्ष गोल्छाले सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै देशको अर्थतन्त्रलाई सहि ट्रयाकमा ल्याउन सकिने बताए ।
उपभोक्ताका लागि कठिन समय आउन नदिन उद्योगी–व्यवसायीले नाफालाई मात्रै प्राथमिकता दिन नहुनेमा जोड दिर्दै अध्यक्ष गोल्छाले कठिन समय सबैका लागि हुनेकुरालाई मनन गर्न पूर्वका उद्योगी–व्यवसायीलार्य आग्रह गरे ।
निजी क्षेत्रले ध्यान दिएर सरकारलाई र सरकारले विचार पु¥याएर निजी क्षेत्रलाई सहयोग गर्नुपर्ने अवस्था रहेको अधयक्ष गोल्छाको भनाई थियो । उनले भने–अहिलेको अवस्था ‘कस्ट–पुष्ट इम्पोइसन’ मा छ । वस्तुको मुल्य पनि बढ्नु र माग पनि उतिकै बढ्नु अर्थतन्त्रका लागि सकारात्मक संकेत नभएको बताउँदै सचेत हुने समय आईसकेको उनले बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विप्रेषण र राजश्वको आधारमा मुलुक दिगोरुपमा सञ्चालन हुन नसक्ने बताउँदै स्वदेशी कच्चा पदार्थ प्रयोग हुने उत्पादनशील उद्योगलाई आवश्यक सहयोग गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।
सङ्घका प्रदेश अध्यक्ष टिकाराज ढकाल,सङ्घका केन्द्रीय उपाध्यक्ष अन्जन श्रेष्ठ, केन्द्रीय सदस्यद्वय अविनास वोहरा, डिल्ली बस्नेत,पूर्व केन्द्रीय अध्यक्ष चण्डीराज ढकाल,पूर्व उपाध्यक्ष किशोर प्रधान,पूर्व प्रदेश अध्यक्ष नरेन्द्र खड्का, वागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ,लुम्वीनी प्रदेश अध्यक्ष श्रीकृष्ण शर्मा,उद्योग सङ्घठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, भोजपुर जिल्ला अध्यक्ष कर्ण मोक्तान लगायतले राज्यले साना तथा ठूलो उद्योग स्थापनामा आवश्यक सहयोग एवं सहुलित प्रदान गर्नु पर्नेमा जोड दिए ।
तपाईको प्रतिक्रिया