animated ellipse animated ellipse

नेपाल ,चीन कार्यकारी परिषदद्वारा विराटनगर महानगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ चैत्र २०७८, आईतवार १८:३९
306
Shares
विराटनगर / नेपाल ,चीन कार्यकारी परिषदले विराटनगर महानगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

कोरोना संक्रमणको सम्भावित अवस्थालाई मध्यनजर गर्दै परिषद्ले झन्डै २० लाख भन्दा बढिको सामान महानगरलाई उपलब्ध गराएको हो ।

परिषद्का प्रदेश १ कोडिनेटर मुकेश उपाध्यायले विराटनगर महानगरका मेयर भीम पराजुलीलाई उक्त सामान हस्तान्तरण गरेका थिए । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्ष्यित गरि मास्क ,फेससिल्ड,ग्लोव्स र अन्य स्वास्थ्य सामाग्री रहेको कोडिनेटर उपाध्यायले जानकारी दिए ।

परिषद्ले प्रदान गरेको स्वास्थ सामाग्री आबश्यक प्रयोजनमा प्रयोगमा आउनेछ मेयर पराजुलीले भने । अझै पनि कोरोना संक्रमित भेटिने गरेकोे र यसको आगामी जटिलता के हुने हो भन्नेनै छ । संक्रमणको उच्च अवस्थामा समेत सहयोग गर्ने सवैमा मेयर पराजुलीले धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर