मोरङको जहदामा ६ घरमा सुरूङ खनेर चोरी

खबर पूर्वाञ्चल, १६ श्रावण २०७९, सोमबार १८:३६
378
Shares
विराटनगर / मोरङको जहदा गाउँपालिका–७ मा आइतबार राती ६ घरमा चोरी भएको छ । घरहरूमा सुरूङ खनेर चोरी गरेको जहदा गाउँपालिका ७ का वडाअध्यक्ष भगवान मरण्डीले जानकारी दिए ।

सिक्टी महतो, मुसहरु महतो, ताला सोरेन, मालिकलाल सारेन, नारायण बेसरा र शान्ति बेसराको घरमा चोरी भएको उनले बताए । ‘चोरीको भएको सबै घरमा एक्कै प्रकृतिले चोरी भएको छ । घरमा भएको घरगहना र नगदहरू चोरी गर्न घरबाहिरबाट सुरूङ खनेको देखिएको छ,’ उनले भने, ‘बाहिर माटो झिकेर भित्र सुरूङ खनेको देखिएको छ ।’

पैसा, गहना, कपडा तथा अन्य जिन्सी सामान चोरी गरिएको हो । चोरीमा संलग्न समूहले टाटी भएका घरमा भत्काएर प्रवेश गरेका छन् । तर, पक्का किसिमको घरमा भने सुरुङ खनेर पसेका छन् ।

चोरीको घटनामा मोरङ प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५