AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा आज ४ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ कार्तिक २०७७, बिहीबार १८:१७
531
Shares
विराटनगर / प्रदेश १ मा आज ४ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको मा १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय ३४ जना थपिएसँगै संक्रमितको संख्या १८ हजार ३ सय ८४ पुगेको छ ।

सुनसरीमा ५७, मोरङमा ४२, झापामा ३१, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ४७, इटहरीमा ७, रामधुनी, गढी र स्थानीय तह नखुलेका १/१ जना, मोरङको विराटनगरमा ३२, बुढीगंगामा २, कानेपोखरी, सुन्दरहरैचा र बेलबारीमा १/१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको भद्रपुर र विर्तामोडमा ८/८, मेचीनगर र कनकाईमा ३/३, शिवसताक्षीमा २, बुद्धशान्ति, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका ३ , ते¥हथुमका १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७० जना डिस्चार्ज भएका छन् । कालि सदन आईसोलेसन र मारवाडी सेवा सदन आईसोलेसनबाट २५/२५, बैजनाथपुर आईसोलेसन र विराट मेडिकल कलेजबाट १०/१० जना डिस्चार्ज भएका हुन । हालसम्म १० हजार १७९ जना डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर