AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

निर्वाचनको परिणाम आशा गरेजस्तो नआएको स्वीकार गर्दै जनताको मतप्रति ओलीले गरे सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ फाल्गुन २०८२, बिहीबार १५:३२
90
Shares
विराटनगर / केपी शर्मा ओलीले पछिल्लो निर्वाचनको परिणाम आफूले आशा गरेजस्तो नआएको स्वीकार गर्दै जनताको मतप्रति सम्मान व्यक्त गरेका छन्।

आज सामाजिक सञ्जालमार्फत मतदाताहरूलाई धन्यवाद दिँदै उनले निर्वाचनमा प्राप्त भएको परिणामलाई लोकतान्त्रिक प्रक्रियाको उपजका रूपमा स्वीकार गरेका हुन् ।

हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।”

झापा–५ क्षेत्रबाट आफैं पराजित भएका ओलीका दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रत्यक्ष निर्वाचनमा मात्र ९ सिट जित्न सकेको छ।

ओलीले आफ्नो दलको पक्षमा मतदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै भने, “तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो। निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कमजोर भएको छैन। हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।”

उनले मतदातालाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दै जनताको साथ र विश्वासलाई भविष्यमा अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर