RUMPUM
animated ellipse animated ellipse

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङको लागि भिआइए तालिम सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ कार्तिक २०७९, बुधबार १७:२२
189
Shares
विराटनगर / पाठेघरको मुखको क्यान्सर स्क्रिनिङको लागि तीन दिने भिआइए तालिम सुरू भएको छ ।

करुणा फाउन्डेसन नेपाल र पूर्वाञ्चल हेल्थ टे«निङ सेन्टरको आयोजनामा धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु भएको छ ।

तालिममा १० जना स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको करुणा फाउन्डेसनका मीना खनालले जानकारी दिइन् । तालिमको सहजिकरण डा.पप्पु रिजाल, डा. रमेश श्रेष्ठ, डा. दिपा साह, डा. मनोज साह र स्वास्थ्यकर्मी पुजन सुब्बा रहेकी छिन् ।

पछिल्लो समय महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको समस्या बढदै गएको छ । पाठेघरको मुखको क्यान्सर ह्युमन पापिलोमा नामक भाइरसको संक्रमणबाट हुन्छ । यो भाइरस संक्रमण भएको १५ देखि २० वर्षपछि क्यान्सरको रुप लिन्छ । ह्युमन पापिलोमा भाइरस १५–२० वर्षसम्म भित्रै चलेर बस्छ । रोग प्रतिरोधात्मक क्षमता बढी छ भने शरीरले त्यसलाई निस्काशन गरिदिन पनि सक्छ ।

प्रतिरोधी क्षमता कम हुनेहरुमा भने त्यसले सुक्ष्म परिवर्तनहरु गराएर क्यान्सर निम्त्याउँने चिकित्सकहरु बताउँछन् । नियमित जाँच गराउने हो भने पाठेघरको मुखमा क्यान्सर हुनु अगावै थाह पाएर रोक्न सकिने चिकित्सकको भनाई छ । भिआइए परीक्षण गराउँदा दशवर्ष पछि हुने छ क्यान्सर पनि पत्ता लाग्ने र यसको उपचार हुने चकित्सिकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर