मोरङ व्यापार संघले बुझायो जीएमलाई नौ बुँदे ज्ञापनपत्र

खबर पूर्वाञ्चल, २४ चैत्र २०७८, बिहीबार १७:५१
450
Shares

माला मिश्रा
जोगबनी। मोरङ व्यापार संघ जीएमलाई नौ बुँदे ज्ञापनपत्र बुझाएको छ । मोरङ व्यापारी संघका प्रतिनिधिहरूले जोगबनी पुगेका पूर्वाेत्तर सीमा रेलवेका जीएम अंशुल गुप्तालाई नौ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

मोरङका उद्योगीले भारत–नेपालबीचको आयात–निर्यातमा रेलमार्गले भोग्नुपरेको कठिनाइ, कलकत्ताबाट आइसिपी हुँदै मालबाहक रेल चलाउन र अरु समस्याबारे ज्ञापनपत्र बुझाएका थिए । सो अवसरमा डीआरएम कर्नल एसके चौधरीसहित जीएम तथा रेलका विभिन्न विभागका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

मोरङ व्यापारसंघले बुझाएको नौ बुँदे ज्ञापनपत्रमा जोगबनीबाट दक्षिण भारत जाने रेल, सीमाञ्चल एक्सप्रेसमा बोगी र एसी कोच बढाउन, दरभंगा विमानस्थलमा रेल टिकट सुविधा, कोलकाता जोगबनी कार्गाे सुविधा, नेपाली नागरिकलाई भारतीय ज्येष्ठ नागरिकलगायतका अन्य पनि समावेश छन् ।

जीएम गुप्ताले ज्ञापनपत्रलाई गम्भीरतापूर्वक हेरेर माग पूरा गर्ने प्रयास गर्ने मोरङ व्यापार संघलाई आश्वासन दिए । मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठी, अमित सारडा, उद्योगी राकेश सुरानाको उपस्थिति रहेको थियो ।

रेलवेका स्थानीय ठेकेदार गजेन्द्र ठाकुरले रेलवे यार्ड मर्मत गर्न र दिल्ली, कलकत्ताको रेलमा एउटा एसी कोच बढाउन महाप्रबन्धकसँग माग गरेका थिए । स्थानीय ठेकेदार सन्तोष श्राफ, मोरङ पत्रकार महासँगका अध्यक्ष सञ्जीव खनालको उपस्थिति रहेको थिया ।े

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

semi
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५