पूर्वाञ्चल खबर
साउन ३ गते उनी पक्राउ परे पनि मोरङ प्रहरीले घटनाका बारेमा आज मात्रै जानकारी दिएको हो । दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङ गत साउन ३ गते बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौं जाने क्रममा विमानस्थलको नियमित सुरक्षा जाँचका बेला प्रहरीको नियन्त्रणमा परेका हुन् ।
प्रहरीका अनुसार उनले बोकेको कालो झोलाभित्र १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान नोट गरी कुल ६ लाख ६५ हजार रुपैयाँ फेला परेको थियो । उक्त रकमको वैधानिक स्रोतका बारेमा सन्तोषजनक विवरण पेस गर्न नसकेपछि विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । ‘सुरुमा उहाँ ९तामाङ०ले आफ्नो पूरा परिचय लुकाउनु भयो । अनुसन्धान गर्दै जाँदा उपसचिव रहेको थाहा भयो । पक्राउ पर्दा बरामद भएको रकमको स्रोत पुष्टि गर्न सक्नु भएन । आवश्यक अनुसन्धान एवं कारबाहीको प्रक्रिया चलिरहेको छ,’ उनले भने ।
तामाङले रकमको स्रोत खुलाउन नसकेको र अनुसन्धान अन्तिम चरणमा पुगेको कटवालले बताए । स्रोत नखुलेको सम्पत्ति सम्बन्धी कसुरमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको हो । सम्भवतः अनुसन्धान प्रतिवेदन शुक्रबार नै जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइने उनको भनाइ छ ।