पूर्वाञ्चल खबर
डेढ वर्षकी बालिका हत्याकाण्डका दोषीलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग राखी भइरहेको प्रदर्शनमा भाग लिएकी सावित्री सुवेदीले कसैलाई इच्छा भए आफूलाई बलात्कार गर्न आव्हान गरेकी छिन् ।
सुन्दरहरैचामा फागुन २७ गते गाँजाको नशाको सुरमा अजय र मिथुन चौधरीले डेढ वर्षीया बालिकालाई घरैबाट अपहरण गरेर बलात्कार पछि हत्या गरेका थिए । प्रहरीले दुवै जनालाई हिरासतमा राखेपनि हदैसम्मको सजायको माग गर्दै दिनहु प्रदर्शन भइरहेको छ । प्रदर्शनमा एक्यवद्धता जनाउन काठमाडौदेखि सुन्दरहरैचा आइपुगेकी सुवेदीले बलात्कार गर्ने इच्छा पलाए उनलाई सम्पर्क राख्न अनुरोध गरेकी छिन् ।
विराटनगरमा कुरा गर्दै सुवेदीले नावालक बालिकाहरूलाई बलात्कार गरेर मार्नु भन्दा आफूलाई बलात्कार गरेर यौन उन्माद शान्त पार्न चुनौती दिएकी छिन् । सुवेदीले भनिन्,‘ म परिपक्व भएकी छु । मेरा यौनाङ्ग परिपक्व छन् । मेरा स्तनहरू पुष्ट छन् । नाबालिकालाई गर्नु भन्दा आएर मलाई बलात्कार गर । ’ सुवेदीले बालिकाहरूलाई बलात्कार गरेर तड्पाएर मार्नु भन्दा उनलाई बलात्कार गर्दा मज्जा आउने किटान गरीन् ।
सुवेदीले आफूले बलात्कारको पीडा सहने सक्ने भन्दै बालिकाहरूलाई बलात्कार गरेर अकालमै नमार्न सबैमा अनुनय गरीन् । सुवेदीले भनिन्,‘ बालिकाहरूको यौनाङ्गको विकास भइसकेको हुँदैन, छातीबाट स्तन पलाएको हुँदैन, त्यस्ता अवोधको बलात्कार गरेर कस्तो मज्जा लिने हो ?’
निर्मला पन्त बलात्कार विरूद्धको प्रदर्शनमा संसारको ध्यान तान्न छातीमा पेटिकोटमात्र भिरेर २०७५ भदौमा माइतीघर मण्डलामा सुवेदीले अर्धनग्न प्रदर्शन गरेकी थिइन् । जहाँ महिला हिंसाका घटना हुन्छ त्यहाँ सुवेदी पुग्ने गरेकी छिन् । सुन्दरहरैंचामा भइरहेको प्रदर्शनमा पनि उनी सहभागी बनेकी थिइन् । ‘ जय नारी’ आन्दोलनकी अभियन्ता समेत रहेकी सुवेदीले दण्ड सजायको फितलो प्रावधानका कारण बलात्कार र हत्याको घटना बढेको दावी गरिन् ।
निरिह बालिकामािथ बलात्कार गरेर नपुङसकता देखाउनु भन्दा आफु जस्तो परिपक्वलाई बलात्कार गरेर मर्दाङ्गी सावित गर्न सुवेदीले चुनौती दिएकी छिन् । तर अहिलेसम्म कसैले पनि उनलाई बलात्कार गर्ने आँट नदेखाएको बताइन् ।
बलात्कारीलाई के कस्तो सजाय हुनुपर्छ भन्ने न्यू सृष्टि दैनिकको जिज्ञासामा सुवेदीले बलात्कारीलाई हदैसम्मको सजाय हुनु पर्ने जिकिर गरिन् । उनले बलात्कारका दोषीलाई फाँसीको सजाय हुनुपर्ने तर्क गरीन् । उनले यसका लागि कानून संशोधन गर्नु पर्ने स्पष्ट पारीन् । दिनानुदिन बढ्दै गएको बलात्कार अनि हत्याको घट्ना प्रति चिन्तित् बन्दै सुवेदीले बालिकाहरू प्रतिकार गर्न नसक्ने भएकै कारणले बलात्कारीहरूको सजिलो शिकार हुने गरेको तर्क गरिन् ।
बलात्कारी प्रति आक्रोशित बन्दै बलात्कार जस्तो जघन्य अपराध गर्ने बलात्कारीको बध गरिनु पर्ने धारणा राखीन् । उनले बलात्कारीको अण्डकोष फोडेर घाँटी रेट्नु पर्नेसम्मको कठोर सजायको व्यवस्था हुनु पर्ने हाँक भरिन् । नेपालमा दैनिक सरदर ६ जनाभन्दा बढीको बलात्कार भएको उजुरी परेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ ।