animated ellipse animated ellipse

वर्तमान सत्ता गठबन्धनको समीकरण अव परिवर्तन हुँदैन –नेता खनाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ बैशाख २०८१, शुक्रबार १८:२४
144
Shares
विराटनगर/ नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरुको समीकरण अव परिवर्तन नहुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पुरानो समीमकरण परिवर्तन गर्नुपर्ने आवश्यक्ता महशुस भएर नै नयाँ  सत्ता गठबन्धन निर्माण गरेको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नु सामान्य रहेको भन्दै नयाँ सत्ता गठबन्धनको परिवर्तन नहुने बताए ।
उनले भने –‘वामपन्थीहरुको एकताबाट मुलुकमा समृद्धि,  अग्रगति र प्रगति सम्भव रहेको भन्दै कम्यूनिष्टहरुवीच  एकता आजको ऐतिहासिक आवश्यक्ता हो , यसमा कुनै दुईमत नै छैन’  । वरिष्ठ नेता खनालले कोशी प्रदेश लगायत अन्य प्रदेशमा नयाँ सरकार निर्माणको कार्य शुरु भैसकेको  र प्रकिया अनुसार बन्ने बताए ।
उनले पार्टीले कोशी प्रदेशमा मुख्यमन्त्री पदको मांग नगरेको बताउँदै वामपन्थी र प्रगतिशिल एकता  सिंङ्गो देश र अन्य प्रदेशलाई समेत  आवश्यक्ता भएकोले सोही अनुसार प्रदेश सरकार निर्माणमा केही समय लागेको बताए । कोशी प्रदेशमा अल्पमतमा परेका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिनु केही राजनीतिक र संवैधानिक समस्या रहेको रहेको भन्दै वरिष्ठ नेता खनालले यो एउटा सङक्रमणको समय भएकोले यसको समाधान चाँडै हुने विश्वास व्यक्त्त गरे ।
पूर्व प्रधानमन्त्री खनालले  वर्तमान कोशी प्रदेश सरकारको परिवर्तन  संविधानको आधार र प्रक्रियाको माध्यमवाट टुङ्गिने कायको शुरु भैसकेको  बताए । उनले निर्वाचन प्रणालीमा परिमार्जन गर्नु पर्ने आवश्यक्ताको  महशुस सबैलाई  हुदै गएपछि यसमा परिवर्तन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर