RUMPUM
animated ellipse animated ellipse

केमसनको प्रथम मोरङ अध्यक्षमा राउत निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ पुष २०८०, आईतवार ०९:३०
234
Shares
विराटनगर/ रसायन तथा मेडिकल आपूर्ती संघ , नेपाल ( केमसन)को प्रथम मोरङ जिल्ला अधिवेशनले दिनेशकुमार राउतको अध्यक्षतामा सात सदस्यीय कार्य समिति गठन गरेको छ ।

विराटनगरमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः राजिव निरौला , भुवन साह र सुमन पौडेललाई चयन गरेको छ । यसैगरी सदस्यहरूमा मनोज तिवारी , सागर भट्टराई र नन्दनप्रसाद रौनियार निर्वाचित हुनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत तथा केमसनका केन्द्रीय अध्यक्ष भक्त्तबहादुर हमालले पदाधिकारीहरुलाई पदस्थापन तथा शपथग्रहण गराए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर