AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ माघ २०७८, बुधबार १७:५७
207
Shares
विराटनगर / प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा अक्सिजनको अभाव नहुने गरि सरकारले प्रवन्ध मिलाएको छ ।

सामाजिक विकास मन्त्री जयराम यादवले कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुनेगरि प्रवन्ध गर्नका लागि आज मन्त्रालयमा अक्सिजन आपुर्तीकर्ताहरुसँग छलफल गरे । आपुर्तीकर्ता उद्योगका प्रतिनिधिहरुले मन्त्री यादव समक्ष कोभिड अस्पतालमा अक्सिजनको कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री यादवले मारुती अक्सिजन इण्डस्ट्रिज, भाजुरत्न र विनायक अक्सिजन इण्डस्ट्रिजका प्रतिनिधिहरुसँग छलफल गरेको हो । उनले कोभिड अस्पतालमा अक्सिजनको आपुर्तीका लागि पहिले गरेको कार्यका लागि धन्यवाद दिदै आगामी दिनमा पनि सोही अनुसारको सेवा दिन आपुर्तीकर्ताहरुलाई आग्रह गरे ।

मन्त्री यादवसँगको छलफलमा भाजुरत्नका केदार श्रेष्ठ, मारुतीका विवेक अग्रवाल र विनायकका मनोज ढकाल सहभागी भएका थिए । आपुर्तीकर्ताहरुले अक्सिजनका खाली शिलिण्डरहरु समयमै उपलब्ध गराईदिनु पर्ने बताएका थिए ।

प्रदेश सरकारले कोभिड अस्पतालमा ७६ वेड विस्तार गरेको छ । यसअघि ९६ बेडको अस्पताल सञ्चालनमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर