खबर पूर्वाञ्चल
राउण्ड टेबलले संविधान दिवसको अवसर पारेर विराटनगरमा साइकल र्याली तथा ट्रेजर हन्ट कार्यक्रमअन्तर्गत चौपायालाई दाना तथा सर्वसाधारणलाई मास्क वितरण गरेको छ ।
विराटनगर महानगरका विभिन्न भागको साइकल यात्रा गरी राउण्ड टेबलका सदस्यहरुले सडकमा छाडा छाडिएका चौपायाहरुलाई दाना खुवाएको विराटनगर प्राइम राउण्ड टेबल १० का कार्यक्रम संयोजक श्याम राठीले जानकारी दिए ।
सो अवसरमा राउण्ड टेबलका सदस्यहरुले सडकमा भेटिएका सर्वसाधारणलाई मास्कसमेत वितरण गरेको कार्यक्रमका अर्का संयोजक अविजित सिंहले बताए । उनले विना मास्क सडकमा हिंडिरहेका सर्वसाधारणलाई कोरोनाका विषयमा सचेतनासमेत गराइएको उल्लेख गरे ।