बाल सुधार गृहदेखि भागेका चारै जना पक्राउ

खबर पूर्वाञ्चल, १३ असार २०७८, आईतवार २१:३१

विराटनगर / विराटनगरस्थित बाल सुधार गृहदेखि शनिबार बिहान फरार भएका चारै जना बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
तीन तलामाथिबाट हाम फालेर फरार भएका तीन जनालाई आज बिहान विराटनगरको नोबेल हस्पिटल अगाडिको नहरदेखि पक्राउ गरेको हो । एक जनालाई प्रहरीले हिजो बिहान विराटनगरको दूध फारमदेखि पक्राउ गरेको थियो । १ नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरको रिटको टोलिले उनीहरूलाई पक्राउ गरेको हो ।

फरार हुने तीन जना जवरजस्ती करणी मुद्दाका कैद सजाय र एक जना हातहतियरा खरखजना मुद्दामा पुर्पक्षका लागि रहेका बाल बिज्याँइकर्ता रहेका थिए । उनीहरु मध्ये जवरजस्ती करणी मुद्दाका सोलुखुम्बु घर भएका बाल बिज्याँइकर्ता शनिबार पक्राउ परेका हुन् ।

आज पक्राउ परेका संखुवासभा, उदयपुर र झापा घर भएका तीन जनालाई अहिले मोरङ प्रहरी कार्यलयमा राखिएको छ । बाल गृहदेखि फरार भएका चारै जनालाई पक्राउ गर्न सफल भएको मोरङ प्रहरीका निमिक्त प्रमुख डिएसपी मन्जिल मुकारुङले जानकारी दिए । फरार भएका दुई जना बालक घाईते रहेको प्रहरीले जनाएको छ ।

सुरक्षा स्रोतका अनुसार शनिबार बिहान राति २ः५५ बजेतिर एकैपटक चार जना सुधार गृहको तीन तलामाथिबाट हामफालेर भागेको बताएको छ । कमजोर भौतिक संरचनाको फाइदा उठाउँदै बालसुधार गृहमा राखिएका बालविज्याइँकर्ता एक वर्ष अगाडी पनि दुई जना फरार भएका थिए । त्यसबेला फरार भएको पाँच दिनपछि झापादेखि पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५