AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा ९७ जना सहित प्रदेश १ मा १ सय १९ संक्रमित थपिए, संक्रमितको संख्या ५ हजार ७ सय नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ आश्विन २०७७, सोमबार १६:२३
675
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा ९७ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा मा १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ९३ पुगेको छ ।

मोरङमा १ सय ५, सुनसरीमा ९, झापामा २, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ९७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४३ महिला र ५४ पुरुष छन् । मोरङको कटहरीमा २ महिला ४ पुरुष, ग्रामथानमा १ महिला र बुढीगंगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ५ महिला ४ पुरुष, झापाको विर्तामोडमा १ पुरुष, मेचीनगरमा १ महिला, उदयपुरको त्रियुगा र संखुवासभाको चैनपुरमा १–१ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १६ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १०, कालिसदन आईसोलेसन, विराटनगर र झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट ३–३ जना डिस्चार्ज भएका छन् । हालसम्म २ हजार ५ सय ५२ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज ९ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५३ महिला र ६६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयले हाल सम्म १ लाख १६ हजार ५ सय ५२ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर