AArya
RUMPUM
animated ellipse animated ellipse

मिस कोशीमा १७ जना छनौट, दोस्रो र तेस्रो अडिसन पनि हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ श्रावण २०७८, बुधबार १७:१७
963
Shares
विराटनगर / छैठौं संस्करणको मिस कोशी प्रतियोगिताकोमा पहिलो चरणको अडिसनबाट १७ जना किशोरी छनौट भएका छन् ।

विराटनगर र इटहरीमा भएको पहिलो चरणको अनलाइन र भौतिक रूपमा लिएको अडिसनमा ३१ जना किशोरी सहभागि भएका मध्ये १७ जनालाई फाइनलको लागि छनौट गरिएको हो ।

जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा हुन लागेको प्रतियोगिताको विराटनगरमा भएको पहिलो अडिसनमा १५ जना सहभागि थिए भने इटहरीमा भएको अडिसनमा १६ जनाको सहभागि रहेको जय मिडिया म्यानिजमेन्ट प्रालिका चियरमेन जयराज रायले जानकारी दिए ।

प्रतियोगिताको दोस्रो र तेस्रो चरणको पनि अडिसन हुने भएको छ । दोस्रो अडिसन विराटनगरमा साउन १५ र १६ गते इटहरीमा हुनेछ । कोभिड १९ को कारणले आयोजकले स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्दै अडिसन गर्दै आएको सिइओ निशा खतिवडाले जानकारी दिइन् । ‘अडिसनमा भाग लिने किशोरीहरूको लागि हामीले अनलाइनबाट पनि आवेदन लिने गरेका छौं,’ उनले भनिन्, ‘इच्छुकले अनलाइनबाट पनि यस प्रतियोगिताको अडिसनमा सहभागि जनाउन पाउनुहुनेछ ।’ किशोरीमा भएको प्रतिभा उजागर गर्नुको साथै व्यातित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनल आगामी भदौ आन्तिम तिर हुनेछ ।

आयोजकले सहभागिहरुको सहजको लागि अनलाइन र भौतिक रुपमा अडिसन लिने गरेको छ । फाइनलमा ३० देखि ३५ जना किशोरी छनौट गरिने आयोजकले तयारी गरेको छ । प्रतियोगिताको विजेता स्कुटी र विभिन्न गिप्mट ह्याम्परको साथै पोखरा टुर पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर