AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको सगरमाथा स्कुलमा खेलकुद सप्ताह सम्पन्न, विजेता विद्यार्थीहरू पुरस्कृत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ पुष २०८२, सोमबार १७:२५
90
Shares
विराटनगर / विराटनगरस्थित सगरमाथा सेकेण्डरी स्कुलले आफ्नो वार्षिक खेलकुद सप्ताह (स्पोर्ट्स मिट) भव्य रूपमा सम्पन्न गरेको छ।

गत एक हप्तादेखि सञ्चालन भइरहेको खेलकुद प्रतियोगिताको सोमबार एक विशेष समारोहका बीच समापन गरिएको हो।

समापन कार्यक्रममा हप्ताभरि सञ्चालित एक दर्जनभन्दा बढी विभिन्न खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल त्रिलोचन गौतमले सगरमाथा स्कुलले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको शारीरिक र मानसिक विकासका लागि अतिरिक्त क्रियाकलापलाई सधैँ प्राथमिकतामा राख्दै आएको बताए । उनले भने, ‘हामी विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी उनीहरूको लुकेको प्रतिभा प्रस्फुटन गराउन हरेक वर्ष खेलकुद सप्ताह आयोजना गर्दै आएका छौँ।’

सैगरी, विद्यालयका भाइस प्रिन्सिपल रोहिणी रमण दवाडीले सगरमाथा स्कुलले शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिने गरेको उल्लेख गरे । उनले खेलकुदले विद्यार्थीहरूमा अनुसासन, धैर्यता र सामूहिक भावनाको विकास गराउने विश्वास व्यक्त गरे ।

सगरमाथा स्कुल विराटनगरको प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक मानिन्छ, जसले प्राज्ञिक नतिजासँगै खेलकुद र अन्य सिर्जनात्मक गतिविधिमा पनि आफूलाई अब्बल सावित गर्दै आएको छ। खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार प्रिन्सिपल गौतम, भाइस प्रिन्सिपल दवाडीलगायले वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर