खबर पूर्वाञ्चल
प्रधानमंत्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई मोरङले विराटनगरमा आज आयोजना गरेको निर्जीवन कृषितथा पशुपंक्षी विमा कम्पनी संग गरेको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो कुरालाई जोड दिएका हुन् ।
कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेस पोखरेलले कृषिपेशालाई व्यवसायिकरणगर्न पनि विमा आवश्यक रहेको बताउँदै विमाको महत्ववारे किसानलाई जानकारी गराउनुपर्ने वताए । कृषि विमावारे जानकारी हुन नसक्दा यसपटकको वेमौसमी वर्षाका कारण किसानले ठुलो क्षति व्योर्हनुपरेको उनको भनाई थियो ।
परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख विनोदकुमार मण्डलले कृषि तथा पशुपक्षि विमामा सरकाले वढाएर ८० प्रतिशत प्रिमियम दिएकाले यसवारेमा किसानलाई जानकारी गराउनु आवश्यक रहेको वताए ।
उत्तपादन वढाएर किसानको जिवन स्तर उकास्नु परियोजनाको दायित्व भएकाले सरल र सहज रुपले विमा रकम उपलव्ध गराउन र सवै कृषकलाई विमाको दायरामा ल्याउन कृषि प्राविधिक तथा विमा कम्पनिहरुले घरदैलो अभियान संचालन गर्नुपर्ने उहाले वताउनुभयो । उहाले परियोजनाले संचालन गर्दै आएको पकेट, व्लक, जोन तथा सुपरजोन कार्यक्रममा मात्र नभएर अन्यक्षेत्रमा पनि कृषि विमा कार्यक्रमलाई विस्तारगर्दै लैजानु जरुरी रहेको वताए ।
कृषि विभागका वरिष्ठ कृषि प्रसार अधिकृत शिवसुन्दर घिमिरेले गत आर्थिकवर्षमा कृषि क्षेत्रमा ४२ अर्व वरावरको विमा भएको जानकारी गराउदै प्रत्येक वर्ष विमा प्रती किसानहरुको आकार्षण वढदै गएको उल्लेख गरे ।
कार्यक्रममा वरिष्ठ कृषि अधिकृत हिकमत श्रैष्ठ, परियोजना कार्यान्वय इकाई झापाका प्रमुख रविन्द्र सुवेदी तथा विमा कम्पनिसंग आवद्ध प्रविणकुमार कोइराला, खडग श्रेष्ठ तथा गणेश श्रेष्ठ लगायतले विमाको महत्व वारे प्रकास पारे ।
कार्यक्रममा सहभागी किसान कोपेन्द्र सिंह, अनरजित सिंह तथा सोहनलाल राजवंशीले पशुपंक्षी विमागर्न सहज भएपनि कृषि विमा गर्न भने त्यती सहज नभएको गुनासो गरे ।
२०७० सालदेखि नेपालमा कृषि तथा पशुपक्षि विमा कार्यक्रम लागु भएको हो ।