AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उदयपुरमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३९ घाइते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ मंसिर २०८०, शनिबार १८:५३
252
Shares
उदयपुर / उदयपुरमा पिकनिक खाएर फर्कदै गरेको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ३९ जना घाइते भएका छन् ।

उदयपुरगढी गाउँपालिका(७ अधेरी झर्ना नजिकै दुर्घटना हुँदा बस चालक त्रियुगा नगरपालिका ५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा ६ का ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकाश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्रीयुगा नगरपालिका ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कुलको प्र-०५-००१ ख ००४४ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

दुर्घटनामा तीन दर्जन बढी घाइते भएका छन् । जिल्ला प्रहरी र्काालयका डीएसपी हरिनन्दन चौधरीका अनुसार गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ ।

बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । स्कुल बस चालकले गाउँको पिकनिकका लागि भाडामा लगेको खुलेको छ । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर