animated ellipse animated ellipse

कोरोनाको हटस्पोर्ट बन्दै सुनसरी, प्रदेश १ मा १ सय ३७ संक्रमित थपिए, संक्रमितको संख्या ३६ सय नजिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ भाद्र २०७७, बुधबार १६:५५
1.05k
Shares
विराटनगर / कोरोनाको हटस्पोर्ट बन्दै सुनसरीमा ७१ सहित प्रदेश १ मा आज थप १ सय ३७ कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ९१ पुगेको छ ।

सुनसरीबाहेक मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीमा यो अहिलेसम्मकै उच्च संक्रमित रहेको हो ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका मध्ये ७ महिला र ५१ जना पुरुष रहेका छन् । धरानमा ७ , बर्जुमा २, इनरुवा र भोक्राहा नरसिंहमा १–१ र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यता मोरङको विराटनगरमा ४४ जनामा संक्रमण पुष्टि भएको छ । जस्मा २१ महिला २३ पुरुष, धनपालथानमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको कमल गाउँपालिकामा ३ महिला ३ पुरुष, मेचीनगरमा ३ पुरुष, विर्तामोड र गौरीगञ्जमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता भोजपुरको हतुवागढीमा ३ पुरुष, पाँचथरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ वाहिरका २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ८४ जना डिस्चार्ज भएका छन् । आज सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ६८७ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ३४९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३ महिला र १ सय ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आज सम्म ९१ हजार ५१४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर