animated ellipse animated ellipse

राष्ट्रीय स्तरको कोडफेष्ट–२०२४ मा कोशी प्रदेशबाट नेपाल विजनेश कलेज विराटनगरले प्रतिनिधीत्व गर्दै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० मंसिर २०८१, सोमबार १७:५४
765
Shares
विराटनगर / काठमाण्डौमा हुन गई रहेको राष्ट्रीय स्तरको कोडफेष्ट–२०२४ मा प्रतिस्पर्धा गर्न कोशी प्रदेशबाट नेपाल विजनेश कलेज , विराटनगर छनौटमा परेको छ ।

राष्ट्रीय स्तरको कोडफेष्ट–२०२४ प्रतिस्पर्धामा नेपालभरिबाट जम्मा ९ टिमको सहभागिता रहने जनाएको छ जस्मा ७ प्रदेशबाट ७ बटा टिम रहने छ भने, काठमाण्डौबाट थप २ टिम रहने छ ।

राष्ट्रीय स्तरको कोडफेष्ट–२०२४ मा प्रतिस्पर्धाका लागि प्रत्येक प्रदेशमा आइडिथोनको प्रतिस्पर्धा भएको थियो , सो प्रतिस्पर्धामा जुन टिम छनौट हुन्छ सोही टिमले कोडफेष्ट–२०२४ मा प्रतिस्पर्धाका लागि सहभागि हुने अवसर प्राप्त गर्ने छ । कोशी प्रदेशबाट नेपालविजनेश कलेज विराटनगर आइडिथोन प्रतिस्पर्धाबाट छनौटमा परेको हो ।
आइडिथोन प्रतिस्पर्धामा नविन सोच र नव प्रवर्तनलाई छनौटको मुख्य आधार बनाइएको थियो । कोशी प्रदेशकालागि इटहरीमाभएको आइडिथोनका प्रतिस्पर्धामा जम्मा ६ टिमको सहभागिता रहेको थियो भने विराटनगरबाट नेपाल बिजनेश कलेजले मात्र सहभागिता जनाएको थियो ।

कोडफेष्ट नेपालमा अहिले सम्मकै सबै भन्दा ठूलो हक्थोन हो ,जस्ले आइटीका विद्यार्थीलाई आफुले सिकी रहेको नविनतम प्रविधीको व्यावहारीक उपयोगीता प्रदर्शन गर्ने र त्यसैमा अनुभवप्राप्त गर्ने अवसर प्रदान गर्ने उद्देश्य राख्छ ।

मंशीर २८,२९ र ३० गते काठमाण्डौमा हुने राष्ट्रीय स्तरको कोडफेष्ट–२०२४ प्रतिस्पर्धामा कोशीप्रदेशलाई प्रतिनिधीत्व गर्दै नेपालबिजनेश कलेज विआइटिमा अध्ययनरत विद्यार्थीहरु जितेन मण्डल, अवुजर खान , रुजल बानिया र मोहम्मद ओसामा सहभागि रहनेछन् ।

र्

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर