ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङको धनपालथानमा आगलागीमा परी तीन वर्षीया बालिकाको मृत्यु , १६ घर जलेर नष्ट

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ चैत्र २०८१, मंगलवार १४:२०
234
Shares
विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कदमामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा एक जना बालिकाको जलेर मृत्यु भएको पुष्टि भएको छ ।

मृत्यु हुनेमा तीन वर्षीय बालिका रेश्मा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाले जानकारी दिए । हराएका भनिएका अर्का बालक भने भेटिएको उनले बताए ।

आगलागीबाट १२ घर परिवारको १६ वटा छाप्रा जलेका छन् । हाल आगलागी नियन्त्रण भएको चिमरियाले बताए । साना छाप्रा घर र परालको माचसमेत घरकै उेउमा रहेकाले आगोले उग्ररुप लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर