AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ओमानविरुद्धको पहिलो खेलमा नेपाललाई पायो १३६ रनको लक्ष्य

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ माघ २०७८, शुक्रबार १७:३३
135
Shares
विराटनगर / चार देशीय टी–२० सिरिजको पहिलो खेलमा ओमानले नेपाललाई १३६ रनको लक्ष्य दिएको छ ।

टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा ६ विकेटको गुमाई १३५ रन बनाएको हो । ओमानका कप्तान जीशन मक्सुदले अजिवित रहँदै सर्वाधिक ४३ रन जोडे । उनले ४१ बल खेल्दा चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै, महमद नदिमले ३१ रन, कश्यप प्रजपति ११रन, जतिन्दर सिंह १३ रन, शोइब खान ११रन , आयन खान ११ रन र कुर्राम नवाजले ६ रन बनाए ।

नेपालका लागि अभिनाश बोहराले सर्वाधिक ३ विकेट लिए । नेपालका कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर