animated ellipse animated ellipse

कोरानालाई जितेका ६ जना भारतीय नागरिक आज विराटनगरबाट डिस्चार्ज

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ बैशाख २०७७, बुधबार १०:३७
3
Shares
कोरोनामुक्त भएका ६ भारतीय नागरिकहरु । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / कोरानालाई जितेका ६ जना भारतीय नागरिक डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा उपचाररत उनीहरु आज डिस्चार्ज भएका हुन् ।

उदयपुरको भुल्केस्थित मस्जिदमा रहेको बेला कोरोना देखिएपछि वैशाख ५ गते भर्ना भई कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका १२ जनामध्ये ६ जना डिस्चार्ज भएका हुन् ।े कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अस्पतालबाट बिदाइ गरे ।

कोरोनामुक्त भई डिस्चार्ज हुनेहरु ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद हुन् । उनीहरू अस्पतालमा भर्ना भएको १८ दिनपछि कोरोनामुक्त भएका हुन् ।

डिस्चार्ज सबै भारतीय नागरिक रहेको र उनीहरुलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिने छ । १० वटा वेडरुम र १० वटा शौचालय भएको सो मस्जिदमा उनीहरुलाई राखिने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर