पूर्वाञ्चल खबर
आज काउलुन इष्टमा भएको भेटका क्रममा महावाणिज्य दूत डा. लेखकले हंगकंगसंगको मैत्रीपूर्ण खेलका लागि शुभकामना दिए । केही साता अघि मात्र जिम्मेवारीवहन गरेको बताए महावाणिज्य दूत डा. लेखकले राष्ट्रिय टोलीलाई स्वागत गरिरहँदा आफैपनि उत्साहित भएको बताए ।
पूर्व राष्ट्रिय खेलाडी हरि खड्काको प्रशंसक भएको बताउँदै उनले भने, “म पनि नेपाली फुटबलको ठूलो समर्थक हो । हरि खड्का मलाई मनपर्ने खेलाडी हुन् । त्यसैले पनि नेपाली टोलीलाई जितको शुभ कामना छ। मेरो शुभेच्छा सधै टोलीको साथमा रहेको छ । हामीलाई आशा भोलीको खेलमा हाम्रो नै जित हुनेछ ।”
टोलीलाई शुभकाना दिने क्रममा हंगकंग नेपाली महासंघका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार टंक रानाले बिहीबार हुने खेलका लागि धेरै भन्दा धेरै नेपालीलाई स्टेडियमसम्म ल्याउने विश्वास दिलाए ।
कार्यक्रममा टोली ब्यवस्थापक टंकलाल राईले खेलाडी परिचय र टोलीको कार्यक्रमबारे जानकारी गराएका थिए । खेलाडी, म्याच अफिसिललगायतको उपस्थिती रहेको थियो ।नेपाली टोलीले बिहीबार हंगकंग स्टेडियममा स्थानीय समय अनुसार राती ८ बजे मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । मंगलबार राती हंगकंग आएको टोलीलाई हंगकंग विमानस्थलमा नेपाल हंगकंग महासंघले स्वागत गरेको थियो ।