animated ellipse animated ellipse

विराटनगरमा थप आज ४० जनामा कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या ४ सय ८२

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ श्रावण २०७७, शनिबार १९:५०
2.19k
Shares
विराटनगर / विराटनगर महानगरपालिका भित्र आज ४० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । थपिएको नयाँ संक्रमितसँगै महानगरमा संक्रमितको संख्या ४ सय ८२ पुगेको छ ।

थपिएका संक्रमितमध्ये २१ पुरुष र १९ महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा देखिएका संक्रमितमध्ये एक जना विराटनगरस्थित नोबेल मेडिकल कलेजका नर्स पनि छन् । ती नर्ससहित नोबेलमा कोरोना संक्रमितको संख्या १० जना पुगेको छ ।
आज थपिएका संक्रमितमध्ये विराटनगर ३ र ९ वडाका ७–७ जना रहेका छन् भने जना, ६ का ६ जना , विराटनगर १६ का ४ र ११ र ५ मा ३–३ जनामा संक्रमण देखिएको छ । विराटनगर १ र १७ मा २–२ जना तथा २, ८, १०, १३ र १५ मा १–१ जनामा संक्रमण देखिएको छ । एक जनाको वडा खुलेको छैन ।

महानगरमा कोरोनाबाट अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ । जसमध्ये विराटनगर ९ का २, विराटनगर ३, ५, १० र १५ वडाका १/१ जनाको मृत्यु भइसकेको छ । कोरोनाको कारण मृत्यु हुने सबै पुरुष छन् ।कोरोनामुक्त हुनेको संख्या ७६ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर