पेटमा टेपले बाँधेर लागूऔष ल्याउने पक्राउ

खबर पूर्वाञ्चल, २४ बैशाख २०७८, शुक्रबार १७:१७

विराटनगर/ पेटमा टेपले बाँधेर लागूऔष ल्याउने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) दैरयाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर पन्तको टोलीले अवैध लागूऔधषसहित दुई जना युवालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले इटहरी ४ का २४ वर्षिय असिम बस्नेत र सोही ठाउँका ३२ वर्षिय पोष्टकुमार विश्वकर्मालाई भारतदेखि अवैध रुपमा ल्याएको लागूऔषधसहित विराटनगर १६ मुसाहरी टोलदेखि पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये विश्वकर्माको कम्बरदेखि माथिको भागमा टेपले बाँधेर अवैध लागूऔषध भेटिएको थियो । सशस्त्र प्रहरीले पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय रानी विराटनगरमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५