विराटनगर / ध्रुवतारा स्पोर्टिङ्ग क्लब झापा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
विराटनगर जुट मिल्सको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा सहलेस यूवा क्लब सिरहालाई टाईब्रेकरमा ५–४ गोलले पराजित गर्दै झापा उपाधि नजिक पुगेको हो ।
जितसँगै झापाले भोली हुने दोस्रो सेमिफाइनल खेलको साविक बिजेता प्रतिभा फुटबल क्लब गोलबजार सिरहा र गाईघाट फुटबल क्लब उदयपुरका विजेतासँग शनिबार फाइनल खेल्नेछ ।निर्धारित समयसम्म २–२ गोलको बराबरी भएपछि खेलको निर्णय टाईब्रेकरबाट भएको थियो ।
जितको लागि झापाका निर्जल बोहरा, प्रविण राई, रोशन धिमाल ‘ए’ , गौरव धिमाल र विक्रम राईले गोल गरी टिमलाई फाइनलमा पु¥याएका थिए ।
सिरहाका रवि रखल, विदेशी खेलाडी डेनियल, अमन लामा र स्यानगोले मात्र गोल गरेका थिए । सिरहाका विदेशी खेलाडी यानिकको प्रहार झापाका गोलकिपर आयूष लिम्बुले उत्कृष्ट बचाए । खेलको म्यान अफ द म्याच झापाका गोल किपर आयुष लिम्बु घोषित भए ।
निकै प्रतिष्पर्धात्मक बनेको खेलमा झापाका प्रविण राईले खेल सुरु भएको २४ औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । डिबक्स भित्र रोशन धिमाल ‘ए’ ले निकालिदिएको क्रस पासलाई प्रविण राईले हेडमार्फत गोल गरे । झापाले पहिलो गोल गरेको ११ मिनेट बित्न नपाउँदै ३५ औं मिनेटमा विक्रम राईले गोल गरी अग्रता दोब्बर बनाए । दोस्रो गोल गर्न पनि रोशन धिमाल ‘ए’ ले पास निकालिदिएका थिए । रोशनले निकालेको पासललाई बिक्रमलले गोलमा परिणत गरेका थिए ।
चार जना विदेशी खेलाडी भित्र्याएसँगै उच्च मनोबलका साथ मैदान उत्रिएको सिरहाले दोस्रो हाफदेखि आक्रामक खेल पस्कियो । ६० औ मिनेटमा सिरहाका अमन लामाले गोली गरी २–१ बनाए । सिराहका यानिकको शसक्त प्रहार रोक्ने क्रममा झापाका गोलकिप आयूष लिम्बुले पन्च गर्दै उत्कृष्ट बचाए । त्यसपछि दबाब दिएको सिरहाका यानिकले ७३ औं मिनेटमा डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भई खेल बराबरीमा ल्याए ।
पहिलो हाफमा लिएको अग्रतापछि दोस्रो हाफमा झापाले पहिलो हाफको लयलाई निरन्तरता दिन सकेन । पछि परेको सिरहाले खेलमा फर्किन अनेकौं प्रसास गर्दा ८७ औं मिनेटमा सिरहाका यानिकले गरेहको प्रहार अग्रता छोट्याएको थियो । झापाका रविन राईको ८९ औ मिनेटमा डिबक्स भित्रबाट गरेको प्रहार बाहिरदा खेल टाईब्रेकरमा पुगेको थियो । इन्जुरी समयमा सिरहाका यानिकको वान भर्सेस वानको सशक्त प्रहार पोसमा लागेर बाहिरदा घर फर्किन बाध्य भयो ।
तपाईको प्रतिक्रिया