animated ellipse animated ellipse

महानगरले आयोजना गरेको अग्नि नियन्त्रण तथा उद्धार तालिम समापन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ मंसिर २०७९, मंगलवार १८:४८
99
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले आयोजना गरेको आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी ६ दिने तालिम सम्पन्न भएको छ ।

तालिममा काठमाण्डौ महानगरपालिकाका नगर प्रहरीका निरीक्षक एवं वारुणयन्त्र सम्बन्धीका विज्ञ किशोर भट्टराईले प्रशिक्षण दिएका थिए । तालिममा आगलागी नियन्त्रणसहित उद्धारका उपायका विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका महानगरका कार्यबाहक मेयर प्रकाश साहले समापन समारोहलाई सम्बोधन गर्दै तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए । उनले तालिममा प्रशिक्षार्थीहरुले अग्नि नियन्त्रणका उपाय, घाइतेको उद्धार, स्वास्थ्य संस्थासम्म कसरी पु¥याउने भन्ने विषयमा जानकारी पाएको बताए । “भरिसक्य आगलागीलगायतका विपदका घटना हुँदै नहोस्,” साहले भने, “यदि भइहालेमा नियन्त्रण र उद्धारमा समस्या नहोस् । तालिममा सिकेको सीपलाई घटना भएमा प्रयोग गर्नुहोस् ।”

त्यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडा, विराटनगर–३ का वडाध्यक्ष वासुबहादुर बस्नेत, तालिमका मुख्य प्रशिक्षक किशोरकुमार भट्टराईलगायतले तालिमको महत्व, उद्देश्य र प्रभावकारिताका विषयमा चर्चा गरेका थिए ।

तालिममा महानगर प्रहरी र वारुणयन्त्रका २० जना कर्मचारी सहभागी भएको नगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए । महानगरले आफैंले पहिलोपटक आयोजना गरेको तालिम निकै प्रभावकारी भएको पौडेलको दाबी छ । यसअघि महानगर आफैंले तालिम आयोजना गरेको थिएन ।

दमकलका कर्मचारीले अग्नि नियन्त्रणको तालिम अरु नै ठाउँमा गएर लिने गरेका थिए । समापन समारोहमा सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, विपद व्यवस्थापन शाखा प्रमुख अनिता न्यौपानेलगायतको सहभागिता रहेको थियो । यसैबीच, समापन अघि आगलागी नियन्त्रण, उद्धार गर्दा अपनाइने विधि प्रदर्शन गरिएको थियो । त्यस्तै ग्यासमा आगलागी भएमा कसरी निभाउने भन्ने विधि पनि सिकाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर