AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

‘लाइभ सेभिङ्ग’ औषधी सहज उपलब्ध गराउन व्यवसायीको माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ मंसिर २०७७, बिहीबार १९:१९
369
Shares
विराटनगर / विरामीलाई आवश्यक पर्ने ‘लाइभ सेभिङ्ग’ औषधीहरू राज्यले सहज रूपमा उपलब्ध गराउनुपर्ने औषधी व्यवसायीहरूले माग राखेका छन् ।

औषधी व्यवस्था विभागमा दर्ता भएका ‘लाइभ सेभिङ्ग’ औषधीहरू अहिले पनि बजारमा विरामीले नपाउने भएकोले राज्यले यस्ता औषधी सहज रूपमा उपलब्ध गराउने बातवरण बनाउनुपर्ने उनीहरूले माग राखेका हुन् ।

नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले मोरङको लेटाङ्गमा आयोजना गरेको अन्र्तक्रिया तथा सुझाब संकलन कार्यक्रममा बोल्दै संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले राज्यले विरामीका लागि आवश्यक पर्ने ‘लाइभ सेभिङ’ औषधीहरू सहज रूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिए । ‘सिन्डिगेट खडा गरि अहिले पनि राज्यले सीमत आपूर्तीकर्तालाई औषधी ल्याउन दिदा लाइभ सेभिङ्ग औषधी नपाउने गरिएको छ,’ उनले भने, ‘यस्ता औषधी सहज रूपमा उपलब्ध गराउने बातवरण राज्यले गरिदिनुपर्दछ ।’

कार्यक्रममा संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जिल्लाभरीका व्यवसायिहरू एकताबद्ध भएर स्वच्छ र मर्याधित रूपमा व्यापार व्यवसाय संचालन गरिनुपर्नेमा जोड दिए । ‘हाम्रो व्यवसायमा देखा परेको बिकृति र विसंगतीहरू अन्त्य गरि मर्यादित व्यवसाय बनाउन लागी परेका छौं,’ उनले भने, ‘हाम्रो व्यवसाय बदाम हुने गरि कोही तस्करी गरि अवैध औषधी चोरी तस्करी गरि ल्याएर हाम्रो व्यवसायलाई बदनाम गराइ अवैध काम हुन्छ भने जो कोहीलाई पनि कारवाहीको दायरमा ल्यानुपर्दछ ।’
कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ कोशी अञ्चल शाखाका पूर्वअध्यक्ष तथा संघका सल्लाहकार लक्षण माझी, व्यवसायी सिताराम लुइँटेल, नेत्र निरौला, माधव रेग्मी, संघका सचिब हरीराज रेग्मी, सहकोषध्यक्ष पुष्प पोखरेल, सदस्य प्रकाश धिमाल, सरीता श्रेष्ठलगायतले बोलेका थिए ।

संघले लेटाङ्गपछि मोरङ उर्लाबारी, मधुमल्ला, पथरी, रंगेलीलगायतको क्षेत्रमा पनि औषधी व्यवसायीहरूको सुझाब, सल्लाह र समस्या सुन्दै व्यवसायीहरूमा परेको समस्याको सावधानमा नेपाल औषधी व्यवसायी संघ मोरङ सधै लागि परेर अगाडी बढने उपाध्यक्ष ढकालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर