पूर्वाञ्चल खबर
प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटाका १ र धरानमा १ जनालाई कोभिड—१९ पुष्टि भएको हो ।
झापाका संक्रमितहरु यसअघि १० जना संक्रमित भेटिएको केचनाकबलकै रहेको बताइएको छ । यस्तै धनकुटामा ६ जना संक्रमित भेटिएकोमा थप परीक्षण गर्दा एक जना र धरानमा पनि एक जनामा संक्रमण भेटिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सूचना डेस्कले जनाएको छ ।
प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको छ । सूचना डेस्कका अनुसार बुधबारसम्म पिसिआरबाट ३ हजार ७ सय ७ जनाको परीक्षण भएको छ । यस्तै आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।
प्रदेशसमा सबैभन्दा धेरै उदयपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै झापामा १७ जना, धनकुटामा ७ जना, मोरङमा ४ जना, सुनसरीमा ३ जना, खोटाङमा एक जना र भोजपुरमा एक जनामा संक्रमण पुष्टि भएको । प्रदेशमा संक्रमित भएकामध्ये २६ जना निको भएर घर फर्किएका छन् ।