RUMPUM
animated ellipse animated ellipse

संवैधानिक राजसंस्था आगामी निर्वाचनको मुख्य एजेण्डा हुने :अध्यक्ष लोहनी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ माघ २०७७, मंगलवार १९:४५
360
Shares
विराटनगर / आगामी निर्वाचनमा संवैधानिक राजसंस्था र धर्म सापेक्षता पार्टीको दुई मुख्य एजेण्डा हुने राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी बताएका छन् ।

आज विराटनगरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष लोहनीले यस्तो बताएका हुन् । उनले राजतन्त्रलाई सवै दलहरुको सहमतीमा कायम गर्ने र धर्मबारे संविधान अनुसार जनमत संग्रहको गर्नुपर्ने बताए ।

अध्यक्ष लोहनीले संविधान अनुसार गठन भएको सर्वोच्च अदालतले संसद विघटन सम्वन्धमा आउने निर्णय स्विकार्य हुने बताए । उनले राप्रपा ३० वर्ष पुरानो प्रजातान्त्रिक पार्टी भएकोले संसद विघटनका सम्वन्धमा शान्तिपूर्ण आन्दोलन गर्नेमा विश्वास गर्ने जनाए ।

मुलुकमा बेरोजगारी समस्या विकराल भएकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष लोहनीले विश्वका विभिन्न देशहरुमा नेपालीहरु शरणार्थीहरु जानु दुःखद भएको बताए । उनले संविधानमा वहुमतको सरकारले संसद विघटन गर्ने व्यवस्था नभएको उल्लेख गर्दै ६४ प्रतिशत वहुमतको सरकारले संसदलाई छल्न नमिल्ने बताए र

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर