विराटनगर / सामान्य जनताको पहँचमा स्वास्थ्य सेवा पु¥याउने प्रतिवद्धता कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले व्यक्त्त गरेका छन् ।
विराटनगर–११ जनपथ टोलमा २२ कठ्ठा जग्गामा ४८ करोड करोडको लागत एक सय शैयाको निर्माण गरिएको गोल्डेन अस्पतालको आज उद्घाटन गर्दै उनले प्रदेशको आर्थिक प्रगति एवं रुपान्तरण गरी गरीविका रेखामुनिका रहेका जनतालाई स्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउँने बताए ।
मुख्यमन्त्री कार्कीले नेपालको स्वास्थ्य क्षेत्रमा पहिलो स्थान राख्ने शहर विराटनगर भएको बताउँदै यो शहर स्वास्थ्य सेवा उपचारको क्षेत्रमा केन्द्रको रुपमा स्थापित हुनका साथै जनताले गुणस्तरीय सेवा पाइरहेको बताए । उनले भने ‘ प्रदेश सरकार मापदण्डको परिधि भित्र रहने स्वास्थ्य संस्था एवं अस्पताल सञ्चालनको अनुमति प्रदान एवं अनुगमन गर्र्दै जाने छ ।’
मुख्यमन्त्री कार्कीले यस क्षेत्रबाट उत्पादन भएका चिकित्सकहरुले विदेशको मोह त्याग गरि स्वदेशमा जनताका सेवा गरिनु भएका गोल्डेन अस्पतालका श्याम रौनियारलगायत अन्य चिकित्सकप्रति आभार व्यक्त्त गरे ।
प्रदेशको शिक्षा, कृषि, उद्योग, स्वास्थ्य, पर्यटन र सामाजिक क्षेत्रलाई आर्थिक निर्माण, रोजगार र देश विकासको आधारशिला बनाएर नेपालको विकास समृद्धिको यात्रा कोशीबाट हुने स्थापित गर्न हामी सबै जुट भई काममा लाग्न आग्रह समेत गरे ।
अस्पतालका अध्यक्ष गुलावचन्द्र रौनियार, निर्देशक श्याम रौनियार, सञ्चालक सनातन मण्डल, पूर्वमन्त्री शिवकुमार मण्डल, प्रदेशका पूर्व मन्त्रीहरु जीवन घिमिरे , जयराम यादव, वडा न ११ अध्यक्ष तीर्थेन्द्र न्यौपाने र नेकांका हसन अन्सारीले शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्दको रुपमा रहेको यस क्षेत्रमा गरीव जनतालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउनु पर्नेमा जोड दिए ।