खबर पूर्वाञ्चल
दमकस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको आजको खेलमा दुर्गापुर सण्डे क्लब कोलकात्तालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै गोर्खाब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो । गोर्खाब्वाइजको जितका लागि यानिकले ह्याट्रिक सहित ३ गोल गरे । गोर्खाब्वाइजका लागि सुसन तामाङ र सुनील खड्काले एक÷एक गोल गरे ।
गोर्खाब्वाइजले खेलको दोस्रो मिनेटमै खाता खोल्यो । मैदानको मध्यभागबाट मिक्चेन तामाङको क्रसमा यानिकले गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको २० औँ मिनेटमा यानिकले गोर्खाब्वाइजको अग्रतालाई दोब्बर पारे । मैदानको मध्यभागबाट आएको बललाई उनले गोलमा परिणत गरे । खेलको ५१ औँ मिनेटमा सुसन तामाङले गोल थपे । उनले विपक्षी गोलरक्षक अघि बढ्दा सहज गोल गरे । खेलको इन्ज्युरी समयमा यानिकले गोल गर्दै ह्याट्रिक पुरा गरे ।
खेलमा दुर्गापुरले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा घर फर्कियो । दमक नगरपालिका, दमक नगर खेलकुद विकास समितिको आयोजनमा भएको आजको खेलमा विजयी गोर्खाब्वाइजका यानिक म्यान अफ दि म्याच भए । उनले नगद दश हजार प्राप्त गरे ।
शुक्रबारको पहिलो क्वाटरफाइनल खेल बागमती युथ क्लब सर्लाही र मनाङमस्र्याङ्दी क्लबबीच हुने आयोजक दमक नगर खेलकुद विकास समिति अध्यक्ष भीमराज चाम्लागाईंले जानकारी दिए । बागमतीले यसअघि आयोजक दमक–११ लाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।