खबर पूर्वाञ्चल
किटानी जाहेरी दिए पनि प्रहरीले राजनीतिक पहँुचको अधारमा पक्राउ नगर्दा आफुहरु त्रसित बनेको पीडित परिवारले बताएका हुन् । विराटनगरमा आज पत्रकार सम्मेलन गरि आरोपीतहरु गाउँमा खुलेआम घुम्ने गरेकाले आफुहरु त्रसित भएर विस्थापीत हुने अवस्थामा पुगेको बताएका हुन् ।
तरवार प्रहारवाट गम्भिर घाईते भएका सन्ताल यादवका श्रीमती ममता यादवले श्रीमानलाई तरवार प्रहार गर्नेहरु गाउँघरमा घुमिने गरेको बताईन् । केहि गर्न सक्दैन भन्दै गाउँमा उनीहरु घुम्ने गरेको देख्दा आफु सहित बच्चाहरु त्रसित बनेको बताईन् । उनले प्रहरीलाई खवर गरेपनि पक्राउ नगरेको आरोप लगाईन् । त्रासले श्रीमानलाई हस्पतालमा समेत भेट्न नगरेको बताईन् । तीन सन्तान भएको यादवको अवस्था तत्काल खतरामुक्त नरहेको बताईएको छ । सन्तालालको बुवा पञ्चाल यादवले आफुले खेतीको पैसा लिएर विराटनगर आईरहेका बेला पूर्व वडा अध्यक्ष बलदेव यादवको निर्देशनमा ९ जनाको समुहले पैसा लुट्न लाग्दा छोरालाई फोन गरेर बोलाएको सुनाए । छोरा आउन साथ उनीहरु तरवारले काट्न थालेको बताए । छोराले मोटरसाईकलको हेलमेट नलगाएको भए दुई टुक्रा बनाउने थियो –‘ हेल्मेटले नै जोगायो तर दुवै हात नसा काटिने गरी आधा दर्जन स्थानमा काटिएको छ । उनले आफुसंग भएको ४ लाख पनि तरवार प्रहार गर्दे लुटेको सुनाए ।
‘अर्को घाईते प्रकाश यादवले पैसा लुट्न लागेको भन्दै फोन आउँदा सन्तलालसंगै जादाँ आफुहरुमाथी ज्यान मार्ने गरी तरवार प्रहार गरेको बताए । उनीहरुले अहिले पनि घुम्दै छ , यादवले पत्रकार सम्मेलनमा भने –‘ प्रहरीलाई खवर गर्दा वास्ता गर्दैन । ‘ अव कहाँ जाउँ उनले भने –‘ प्रहरीले नै अपराध गर्नेलाई नदेखे जस्तो गरिँदै छ । ‘पूर्व वडा अध्यक्षले मुद्दा केहि दिनमा खाई दिने भन्दै धम्की दिदै गाँउमा हिड्ने गरेको उनले बताए । पटक पटक मान्छे माथी आक्रमण गर्दे आएकाले प्रहरी नियन्त्रणमा नलिए आफुहरु विस्थापीत हुनु पर्ने उनले बताए । पीडित परिवारले जाहेरीमा प्रतिवादी बनाएर किटानी दिएका व्यक्तिहरु अहिले खुल्लेआम गाउँघरमा रहेको पीडित परिवारले बताएका छन् । पीडित परिवारले घटना संलग्न सबैलाई पक्राउ गरि कारवाहीको दायारमा ल्याउन उनीहरुले माग गरेका छन् ।
विराटनगर – १४ का पूर्व वडाअध्यक्ष ६५ वर्षीय बलदेव यादवसहित ९ जना विरुद्ध किटानी जाहेरी दर्ता इलाका प्रहरी कार्यालय रानी विराटनगरमा पीडितले गराएको छ ।
चैत २९ गते विराटनगर – १४ का पुर्व वडाअध्यक्ष बलदेव यादवको योजनामा ९ जनाको समूहले विराटनगर १४ का ४० वर्षीय सन्तलाल यादव र सोही ठाउँका ३० वर्षीय प्रकाश यादवमाथि तरवार प्रहार गरेका थिए । तरवार प्रहारबाट सन्तलाल गम्भिर घाइते छन् ।उनको दुवै हातमा हडि भेटिने गरी काटिएकाले हातको औलाहरु समेत काम नगर्ने गरेको छ । उनको अहिले पनि उपचार विराट टिचिङ्ग हस्पिटलमा उपचार हुँदै आएको छ ।
इप्रका रानीमा विराटनगर १४ का ६५ वर्षीय बलदेव यादव सोही ठाउँका ३४ वर्षीय शंकर भनिने रविन यादव, ४४ वर्षीय फुलेश्वर यादव, ३१ वर्षीय रोजौ भन्ने राजवेश यादव, ४६ वर्षीय उपनारायण यादव, ४२ वर्षीय शंकर यादव, ६५ वर्षीय धनपत यादव, ३२ वर्षीय दिपेश यादव र ६२ वर्षीय जोगीलाल भनिने योगीलाल यादवविरुद्ध किटानी जाहेरी पीडितले दर्ता गराएका छन् । ं किटानी जाहेरी दिएको मध्ये फुलेश्वर प्रहरी नियन्त्रणमा छन् । उनी विरामी परेको भन्दै अहिले विराटनगरस्थित मेट्रो न्यूरो हस्पिटलमा रहेका छन् । घटनाको मुख्य अभियुक्त तरवार प्रहार गर्ने ३२ वर्षीय दिपेश यादव रहेको पीडितको भनाई छ ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले घटनामा संलग्नलाई कारवाहीको दायारमा ल्याउने बताए । ‘उजुरी प्राप्त भएको छ । हामीले घटनाको अनुसन्धान गर्दै आएका छौं,’ एसपी कार्कीले भने, ‘आक्रमणमा संलग्नहरू कारवाहीको दायारमा आउेछन् ।’ उनीहरु फरार भएकोले खोजी कार्य तिव्र बनाएको उनले बताए ।
विराटनगर– १४ का पूर्व वडाअध्यक्ष बलदेवको योजना अनुसार ९ जनाको समूहले उनीहरुलाई जग्गा विवादको विषयलाई लिएर आक्रमण गरेको पीडित पक्षको आरोप छ । सन्तलालको पुरानो घर विराटनगर १४ रेलवेयदेखि पुर्वमा रहेको छ । अहिले नयाँ घर उनले विराटनगर १४ धरामवाद रोडमा बनाउँदैछन् । उनी र प्रकाश मोटसाइकलमा चढेर नयाँ घर बनाएको तर्फ बुधबार दिउँसो आउँदै थिए । ‘घरदेखि झण्डै दुई मिटर टाढा पुगेपछि बलदेवको मकैबारीमा बसेका १० जनाको समूहले तरवार प्रहार गरेको थियो । घाइते सन्तलालले भने, ‘जग्गाको विवादलाई लिएर पुर्व वडाअध्यक्ष बलदेव यादवको निर्देशनमा उहाँकै मकैबारीमा हामीमाथि नियोगित रुपमा आक्रमण गरेको बताए ।
आक्रमणको योजना बनाएको आरोप लागेका पुर्व वडाअध्यक्ष बलदेव यसअघि पनि कर्तब्य ज्यान मुद्दामा मुछिएका थिए । विराटनगर– १४ का ५५ वर्षीय समानन्द यादवको हत्या आरोपमा उनीसहित मोरङ प्रहरीले १० जनालाई ‘कर्तब्य ज्यान मुद्दाका’ प्रतिवादी बनाएको थियो ।
यादवले भनेको केटीसंग विवाह गर्न नमाने पछि घरमा नै छलफलको लागि बोलाए कुटपिट गरेका थिए । समानन्दको उपचारको क्रममा मृत्यु भएपछि तत्कालिन वडा अध्यक्ष यादव सहित १० जना कर्तब्य ज्यान मुद्दा प्रहरी चलाएको थियो । २०७७ मंसिर ११ गते मोरङ अदालतका तत्कालिन न्यायाधीश तेजबहादुर खड्काको इजलासले यादवलाई तीन लाख रुपैयाँ धरौटिमा छोडन आदेश दिएका थिए । कर्तब्य ज्यान मुद्दाका प्रतिवादी रहेका यादवले हत्या आरोप लागेपछि वर्षौसम्म फरार भएका थिए । मोरङ अदालतमा सुटुक्क उपस्थित भएकै दिन थुनछेक आदेश भयो । त्यसपछि उनी धरौटिमा छुटेका थिए ।
विवाहको विषयमा विवाद हुँदा २०७६ साल जेठ ३ गते विराटनगर महानगरपालिका– १४ का वडा अध्यक्ष यादवको घरमा बसेका पञ्चायतीले विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवमाथि निर्घात कुटपिट गरेको थियो । कुटपिटबाट घाइते यादवको एक महिनापछि २०७६ साल असार २६ गते मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया