AArya
RUMPUM
animated ellipse animated ellipse

चोरी गर्न गएका पुरुषको तीन तलामाथिबाट खसेर मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ भाद्र २०८३, आईतवार ०७:३०
3
Shares
विराटनगर । मध्यरातमा चोरी गर्न गएका एक जना पुरुषको तीन तलामाथिबाट खसेर मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–४ गणेश चोकस्थित पुरुषोत्तम न्यौपानेको घरमा चोरी गर्न पुगेका अन्दाजी ३५–४० वर्षीय पुरुषको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले बताए । उनका अनुसार छिमेकीको अर्को घरबाट माथि चढेका ती व्यक्ति पछि न्यौपानेको घरमा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

न्यौपानको घरको तीन तलामाथि पुगेपछि घरधनीले थाहा पाएर होहल्ला गर्न थालेका थिए । होहल्ला भएर छरछिमेकी भेला हुन थालेपछि ती पुरुष हाम्फालेर भाग्ने प्रयास गरेको प्रहरीले जनाएको छ । भाग्नलाई तीन तलामाथिबाट हाम्फाल्दा गम्भीर घाइते भएका उनको आइतबार बिहानका राति १२ः२० बजेतिर घटनास्थलमै मृत्यु भएको पाइएको डीएसपी श्रेष्ठले बताए ।

उनका अनुसार अन्दाजी ३५–४० वर्षीय जस्तो देखिने मृतकको पहिचान खुल्न सकेको छैन । डीएसपी श्रेष्ठ नेतृत्वकै टोलीले कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट शवलाई पोस्टमार्टमका लागि बिहानका राति २ बजेतिर कोशी अस्पताल पठाएको छ ।

प्रहरीले मृतकको पहिचानको प्रयास गरिरहेको छ । मृतकको पहिचानको प्रक्रिया अघि बढाएर घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर