animated ellipse animated ellipse

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कोशी प्रदेशको अध्यक्षमा नेपाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ माघ २०८०, सोमबार १५:२७
315
Shares
विराटनगर/नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कोशी प्रदेशको तेस्रो अधिवेशनले झापा भद्रपुरका जीवन नेपालको अध्यक्षतामा २० सदस्य नयाँ कार्य समितिको निर्विरोध चयन गरेको छ।

अधिवेशनले बरिष्ठ उपाध्यक्षमा माधव अधिकारी विराटनगर, उपाध्यक्ष द्वयमा शिवप्रसाद चौलागाई सुनसरी र घनश्याम पोखरेल उदयपुर, सचिवमा दिवाकर भट्टरार्इ उर्लाबारी मोरङ , कोषाध्यक्षमा गौतम शर्मा विराटनगर, सहसचिवमा टंकप्रसाद भट्टराई झापा चयन भएका छन् ।

सदस्यहरुमा माधव वराल, नविन रेग्मी ,चुँडामणी घिमिरे ,हिमाकुमारी घिमिरे, देवी रिजाल ,जीवन लुइँटेल ,भुमादेवी पोखरेल ,यतिराज पोखरेल, सुरेन्द्र दाहाल ,अनिल जोशी , युवराज निरौला , मनोजकुमार यादव र परमानन्द सिंह चयन भएका छन् ।

पाँचौ साधारण सभा तथा तेस्रो अधिवेसनका अवसरमा पत्रकार माधव अधिकारीद्वारा सम्पादित पुस्तक व्यवसायी डायरी २०८० कोशी प्रदेशका प्रमुख परशुराम खापुङले विमोचन गरेका थिए । साधारण सभामा ९९ पटक रक्तदान गर्ने विराटनगरका हरिमोहन श्रेष्ठलाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न जिल्लाका अग्रज वयवसायीलार्इ समेत सम्मान गरिएको थियो । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला , महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष मनोहरी बस्याल, महासचिव शिवसागर शर्मा , सचिव विष्णु पौडेल , पूर्व केन्द्रीय उपाध्यक्ष मातृका शिवाकोटी र ऋषिराम शर्मा भण्डारीले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए।

उद्घाटन समारोहमा बोल्दै कोशी प्रदेश प्रमुख खापुङले पुस्तक व्यवसायीका समस्याको समाधानमा सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर