RUMPUM
animated ellipse animated ellipse

मेयर कोइरालाद्वारा भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिर उद्घाटन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ असार २०८०, सोमबार २१:१९
720
Shares
विराटनगर / विराटनगर महानगरपालिका–११ स्थित बस टर्मिनलमा निर्मित भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन गरिएको छ ।

महानगर मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले आज विधिवत रुपमा पूजा गर्दै भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा मेयर कोइरालाले महानगरपालिकाले बसपार्क निर्माणका लागि उचित जग्गाको खोजी गरिरहेको बताए । विराटनगरमा आउने आन्तरिक पर्यटकको पहिलो गन्तव्य बसपार्क नै रहेकाले व्यवस्थापन समिति र सर्वसाधारणलाई महानगरपालिकाले थालेको सफा, सुन्दर र हरित महानगरको अभियानमा साथ दिन सम्पूर्ण विराटनगरलाई आह्वानसमेत गरे ।

महानगरपालिकाकी उपमेयर कार्कीले बसपार्कमा यस आर्थिक वर्षको योजनामा स्तनपान र धुम्रपान क्षेत्रको निर्धारण गरी कक्ष निर्माण गर्ने बताइन् । विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले बस टर्मिनललाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

बस टर्मिनल व्यवस्थापन समितिका अध्यक्ष पदमकुमार श्रेष्ठले बसपार्क व्यवस्थापनमा सहयोग गरेकाले महानगरपालिकालाई धन्यनवाद ज्ञापन गरे ।

उद्घाटन समाहरोमा वडा प्रहरी कार्यालयका प्रमुख डीएसपी विजय श्रेष्ठ, बस व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष सरोज श्रेष्ठ, नेपाल ट्रेड युनियन महासंघका कोशी प्रदेश अध्यक्ष किशोर धमलालगायतले मन्तव्य व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर