animated ellipse animated ellipse

अर्किड कलेजका उत्कृष्ट विद्यार्थी सम्मानित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ फाल्गुन २०८०, बिहीबार १८:५३
441
Shares
विराटनगर / विराटनगर १० मा रहेको अर्किड कलेजले विद्यार्थीलाई सम्मान गरेको छ ।

कलजे परिसरमा आज एक कार्यक्रम आयोजना गरि हिसान स्पोर्टस् मिटमा विजेता हुने विद्यार्थी र कलेजको आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाइ सम्मान गरेको हो ।

केही दिन अगाडि सम्पन्न भएको १२ औं संस्करणको हिसान स्पोर्टस् मिटमा अर्किड कलेजका विद्यार्थीले विभिन्न खेलमा ७ वटा गोल्ड मेडल जितेको थियो । जसमा छात्र/छात्रा फुटबल, कबडी छात्र, भलिबल छात्रा, रनिङ १००/२०० मिटर दुवैमा गोल्ड मेडल जितेको थियो । यस्तै २०० मिटर छात्रामा पनि गोल्ड मेडल जितेको थियो ।

हिसानमा स्पार्टस् मिटमा जम्मा १३ वटा गोल्ड मेडल मध्धे सात गाोल्ड मेडल अर्किडले जितेको थियो । गोल्ड मेडल ल्याउने विद्यार्थीलाई कलेजले सम्मान गरेको हो ।

यसैगरि मेडिकलमा ४ जना, इन्जिनियरिङ ५ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । मेडिकलमा गणेश पण्डित, शिवनान्द साह, इतेचु रुम्बा र गार्गि पण्डितले पूर्ण छात्रवृत्तिमा मेडिकलमा नाम निकालेका छन् । यस्तै इन्जिनियरिङ तर्फ गौरव राई, विकल्प भट्टराई, रघुराज मण्डल र रविन कट्टेल रहेका छन् । यस्तै पब्लिक हेल्थमा बिष्णुकुमार साहले पूर्ण क्षात्रबृतिमा नाम निकालेका थिए । उनीहरूलाई पनि कलेजले सम्मान गरेको छ । आन्तरिक परीक्षामा पनि उत्कृष्ट हुनेलाइ नगदसहित सम्मान गरियो ।

सम्मानित हुने विद्यार्थीहरुललाइ हिसान मोरङका अध्यक्ष अमित ढकाल, हिसान कोशी प्रदेशका सचिव दिपेश बास्तोला, स्कुलका प्रिन्सिपल सिएम श्रेष्ठ, कलेजका निर्देशक मनिष भट्टराईलगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै हिसान कोशी प्रदेशका सचिव तथा कलेजका प्रिन्सिपल बास्तोलाले अर्किडले खेलकुद क्षेत्रलाई उच्च प्राथामिकतामा राखेको कारणले सफलता हात पारेको बताए । कलेजले गुणस्तरीय शिक्षासंगै अतिरिक्त क्रियाकलापमा पनि अगाडि रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर