RUMPUM
animated ellipse animated ellipse

प्याब्सन विराट कपमा ५ स्कुल विजयी हुँदै दोस्रो चरणमा प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ पुष २०७९, मंगलवार १८:११
1.3k
Shares
विराटनगर / विराटनगरका पाँच वटा स्कुल जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा विजयी भएका छन् ।

प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा अपर्ण, मोर्डन एरा, डनबक्स्को, सेन्टजोसेफ र मदरल्याण्ड विजयी भएको हो ।

प्रतियोगिताको पहिलो खेलमा अपर्ण स्कुलले बिकेभिएक स्कुललाई ट्राइब्रेकरमा ४–२ गोलले हराउँदै क्वाटर क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोही दिन भएको दोस्रो खेलमा मोर्डन एरा स्कुलले गोदावरी स्कुललाई १–० गोलले हाराउँदै मोर्डन एरा स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ । जितको लागि मोर्डन एराका अमन माझीले निर्णायक गोल गरेका थिए ।

सोही दिन भएको तेस्रो खेलमा डनबक्स्को स्कुलले ग्रेडेड स्कुलाई २–० हराउँदै पराजित ग¥यो । जितको लाग डनबक्स्कोतर्फबाट निर्णायक गोल तनोज राजवंशी र जाबिद माँङसुलीले गोल गरेका थिए ।

सोही दिन भएको चौथो खेलमा सेन्टजोफे स्कुलले बाल्मीकि स्कुलाई ट्राइब्रेकरमा ३– १ हराउँदै सेन्टजेसेफ स्कुल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम खेलमा मदरल्याण्ड स्कुलले जेम्स स्कुललाई ४–१ गोलले हरायो । जितको लागि मदरल्याण्ड स्कुलका रोशन खड्काले दुई गोल, सन्दिप अधिकारीले १ गोल र प्रज्वल कार्कीले १ गोल गरेका थिए । सान्तवता गोल जेम्सको तर्फबाट निरज खड्काले गरेका थिए ।

बुधबारको पहिलो खेल सेन्टजोसेफ र मोर्डन एरा, दोस्रो खेल पूर्वाञ्चल र अपर्ण हुने खेल संयोजक संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर