animated ellipse animated ellipse

निशेधित क्षेत्रमा डा.कोइरालालाई भव्य स्वागत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ कार्तिक २०७९, शुक्रबार ११:०२
324
Shares
विराटनगर / दलहरुलाई निशेध गरिएको विराटनगरको जामुनगाछीमा डा. शेखर कोइरालालाई भव्य स्वागत गरिएको छ ।

विहिबार तरुणदल मोरङले आयोजना गरेको चुनावी सभामा जामुनगाछीका स्थानीयहरुले डा. कोईरालाको उम्मेदवारहरुको टिमलाई स्वागत गरेका हुन ।
जामुनगाछी हुदै सुनसरी जोडने हुलाकी राजमार्ग निर्माणमा सरकार र राज्यको उदाशिनताले विगत ४ वर्षदेखि सडक नबन्दा सास्ती भोग्दै आएका सर्वसाधारणले नेताहरुको फोटो टाँसेरको व्यानर बनाएर प्रचार गर्दै सडकमा ढाट लगाएर टोल प्रवेश निशेध गरेका थिए ।
तर आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गएपछी सडक बन्ने आशमा स्वागत गरेका हुन् ।

चुनावी सभालाई संम्बोधनका क्रममा गठबन्धनका उम्मेदवारले चुनाउ जितेको केहि महिना भित्र काम शुरु गर्ने प्रतिबद्धता जनाए । डा. कोइरालाले भने, मलाई चुनाउ जिताउनुस डेढ महिना भित्र सडक बन्छ,।
मोरङ क्षेत्र न. ६ का प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका डा. कोइरालाले सुशान विना मुलुक सम्बृद्ध हुन नसक्ने बताउँदै भ्रष्टाचार न्युनिकरण गर्दै देश विकासमा अगाडी बढ्ने प्रतिबद्धता दोहोर्याए । उनले कांग्रेसले कोखदेखि शोकसम्म जनतालाई फाईदा हुने काम गर्ने प्रतिबद्धता समेत जनाए । उनले भने, कोखदेखि शोकसम्म अर्थात शिशुको गर्भ अवस्थादेखि मर्दासम्म पनी हामी क्रिया खर्चको प्रबन्ध गछौ त्यसैले यो पटक जिताउनुस ,।

स्थानीयले जामुनगाछी हुदै सुनसरी जोड्ने सडक निर्माण गर्न अनुरोध गर्दै क्षेत्र न ६ का प्रतिनिधि सभाका उम्मेदवार डा.कोईरालालाई ज्ञापन पत्र बुझाएका छन । उनीहरुले गएको प्रतिनिधि सभाको निर्वाचनमा समेत एमाले नेता लालबाबु पंडितलाई ज्ञापन पत्र बुझाएको बताए ।
जामुनगाछी हुदै सुनसरी जोडने हुलाकी सडकको धुलोले घर–घरमा पस्कीएको खानामा समेत असर पर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर