देउवा निवास अगाडि प्रमुख सचेतक कार्कीको नेतृत्वमा प्रदर्शन

खबर पूर्वाञ्चल, २८ श्रावण २०७८, बिहीबार १८:३३

काठमाण्डौ / विधि सम्मत ढंगले तोकिएकै समयमा महाधिवेशन गर्न र फर्जी क्रियाशील सदस्य खारेजीको माग गर्दे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अघिल्तिर युवा कांग्रेस नेता विद्यार्थीले प्रदर्शन गरेका छन् । युवाको नेतृत्व प्रदेश १ प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्की थिए ।

बुढानिलकण्ठमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा निवास अगाडि प्लेकार्ड प्रदर्शन गर्दै प्रदर्शन भएको हो । प्रमुख सचेतक कार्कीले भने,“समयमै महाधिवेशन गर्न र पार्टीलाई अनिर्णयको बन्दी नबनाउन माग गर्दै हामीले लोकतान्त्रिक पार्टीलाई बचाउन भनेका हौं ।” कार्कीले पार्टीलाई विभिन्न माध्यमबाट पटक पटक महाधिवेशन वैधानिक तवरले गर्न माग हुँदै आएको सुनाए ।

कांग्रेसलाई संवैधानिक संकटबाट जोगाउन समयमै महाधिवेशन गराउनुपर्ने, विधान मिच्न नपाइने, संविधान मिच्न नपाइने नारा लेखिएका प्लेकार्ड युवा नेता तथा विद्यार्थीले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले फर्जी क्रियाशील सदस्यता खारेजीको माग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५