animated ellipse animated ellipse

मेरील्याण्डका विद्यार्थीका लागि ५० लाखको छात्रवृत्ती घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ बैशाख २०८१, बुधबार १७:२१
243
Shares
विराटनगर/ विराटनगर– ७ रंगेलीरोडस्थित मेरील्याण्ड कलेजका विद्यार्थीहरूका लागि ५० लाख बराबरको छात्रवृत्ती घोषणा गरिएको छ ।

मेरील्याण्ड कलेजबाट २०८१ सालमा कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरूका लागि काठमाण्डौंस्थित टेकस्पायर कलेजले ५० लाख बराबरको छात्रवृत्ती घोषणा गरेको हो ।

छात्रवृत्ती घोषणा कार्यक्रममा टेकस्पायर कलेजको तर्फबाट सिइओ लक्ष्मण पोखरेल, निर्देशक स्मरण दवाडी तथा चिफ बिजनेस अफिसर आशिष प्रसाइले ५० लाख मुल्य बराबरको छावृत्री प्रदान गरेको चेक मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाललाई हस्तान्तरण गरे । विद्यार्थीहरुले टेकस्पायर कलेज अध्ययन गरे उनीहरुले उक्त छात्रवृत्ती पाउनेछन् ।

कार्यक्रममा बोल्दै मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले मेरील्याण्डका विद्यार्थीहरुको लागि टेकस्पायर कलेजले छात्रवृत्ती दिएर ठूलो अवसर सृजना गरेको बताए । कार्यक्रममा बोल्दै कोड हिमालयका निर्देशक स्मरण दवाडीले विराटनगरको प्रतिष्ठित शैक्षिक संस्था मेरील्याण्डसँग सहकार्य गर्न पाउँदा हामी गौरवित भएका बताए । ‘अहिले विद्यार्थीहरु अध्ययनको लागि हामीले छात्रवृत्ती दिने घोषणा गरेका छौं,’ उनले भने, ‘आगमी दिनमा पनि शैक्षिक गुणस्तरको लागि यसरी नै सहकार्य गरी अगाडी बढनेछौं ।’
यो छात्रवृत्ती मेरील्याण्डका विद्यार्थीहरुका लागि प्रत्येक वर्ष प्रदान गरिने भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर