RUMPUM
animated ellipse animated ellipse

एमालेका बागी उम्मेदवार जोगीलाई फराकिलो अग्रता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ मंसिर २०७९, सोमबार १७:०४
891
Shares
विराटनगर /मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी)ले अग्रता लिएका छन् ।

१७०० मत गणना हुदा स्वतन्त्र उम्मेदवार मण्डलले १३०० मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले ३०० र जसपा उम्मेदवार राजकुमार यादवले १०० मत पाएका छन् । क्षेत्र नम्बर ५ को धनपालथान गाउपालिका ४ मा मतगणना जारी छ । मण्डल सोही वडाका बासिन्दा हुन् ।

मण्डलले एमालेबाट सोही क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेका थिए । अनितम अवस्थामा एमाले एमाले र जनता समाजवादी पार्टीबीच तालमेल हुँदा सो क्षेत्रमा जसपाले उम्मेदारी पाए पछि मण्डलले एमाले त्यागेर स्वतन्त्र उम्मेदारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर