AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङले जित्यो तेस्रो इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिताको उपाधि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ फाल्गुन २०८०, शुक्रबार १८:१८
243
Shares
पुष्पराज थपलिया
विराटनगर /घरेलु टोली मोरङले तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

मोरङले आज भएको फाइनल खेलमा इलामलाई १ सय रनले पराजित गर्दै उपाधि जितेको हो ।

नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको विराटनगर–६ मा रहेको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभर ३ विकेट गुमाई १ सय ५३ रनको विशाल स्कोर बनाएको थियो । मोरङकी प्लेयर अफ फाइनल सानु राजवंशीले ५९ बलमा ९ चौका प्रहार गर्दै ७२ रन बनाउँदा प्रेरणा राना मगरले नटआउट ३१ रनको योगदान दिइन् । इलामकी पस्मिता मुखियाले २ विकेट लिँदा संगिता तामाङले १ विकेट लिइन् ।

१ सय ५४ रनको विशाल लक्ष्य पाएको इलामले निर्धारित ओभरमा ५ विकेट गुमाई ५३ रन मात्र बनाउँन सक्यो । इलामकी यमुना राईले सर्वाधिक नटआउट १० रनको योगदान योगदान दिइन् ् । मोरङकी चाँदनी यादवले ३ विकेट लिँदा कृतिसा धामीले १ विकेट लिइन् ।

प्रतियोगिताको प्लेयर अफ द सिरिज मोरङकी सानु राजवंशी घोषित भइन् भने उत्कृष्ट ब्याटर इलामकी प्रियंका राई , उत्कृष्ट बलर मोरङकी सुवेक्षा लिम्बु र उदयमान खेलाडि सिरहाकी आरुषी साह घोषित भए ।

मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून सङख्यामा हुने भएकोले त्यसलाई ध्यानमा राखि राष्ट्रियस्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पु¥याउन खेलको आयोजना गरिएको नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले बताए ।
फाल्गुन २२ गतेदेखि शुरु भएको प्रतियोगितामा कोशी र मधेश प्रदेशका मोरङ, इलाम, सप्तरी र सिरहा सहभागि रहेको खेल सम्योजक विशाल साहले बताए ।

सोही अवसरमा फाइनलमा पुग्ने टिमलाई विराट टिचिङ अस्पालले सेनेटरी प्याडलगायतका सामाग्रि वितरण गरेको छ ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि मोरङ जिल्ला क्रिकेट सँघका अध्यक्ष महमद साद वावु कुरैशी, सम्तरी क्रिकेट सँघका अध्यक्ष आयुस श्रेष्ठ, नेपाल क्रिकेट फाउण्डेशका अध्यक्ष अविशेक श्रेष्ठलगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर