RUMPUM
animated ellipse animated ellipse

पेशागत महासिंघ कोशी प्रदेशको प्रथम पूर्ण बैठक सम्पन्न, निजामति सेवा ऐन तत्काल निर्माण गरी लागु गर्न माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० बैशाख २०८०, आईतवार १०:१२
504
Shares
विराटनगर / पेशागत महासंघ नेपाल कोशी प्रदेश समितिको प्रथम पूर्ण वैठक शनिकार इटहरीमा सम्पन्न भएको छ ।

बैठकले संघिय शिक्षा ऐन, निजामती सेवा ऐन, स्थानीय सेवा ऐन हालसम्म निर्माण हुन नसकेकोले यथाशीघ्र निर्माण गरी लागु गर्न जोडदार माग गर्ने निर्णय गरेको छ ।

त्यसैगरी राजनीतिक अधिकार सहितको ट्रेडयुनियन सुनिश्चित गर्न, पेशाकर्मीहरुको कार्यस्थलको सुरक्षाको लागि प्रत्याभूति दिलाउनुपर्ने, भरपाई, ज्यालादारी, करार, राहत, अस्थायी पेशाकर्मीहरुलाई दरवन्दिको व्यवस्था गरि योग्यता अनुभवका आधारमा एक पटकका लागि आवश्यक प्रक्रिया पुरा गरी स्थायी गर्नुपर्ने माग बैठकले गरेको छ ।

त्यस्तै लामो समयसम्म नामाकरण हुन नसकेको प्रदेश १ को नामाकरण गर्न सफल भएकोमा प्रदेश सरकार तथा प्रदेशसभाका सम्पूर्ण साँसदलाई बैठकले धन्यवाद समेत दिएको छ ।

पेशागतसँगसँगै महासंघले पछिल्लो समयमा देखिएका समसामयिक विषयहरुमा पनि सरकारको ध्यानाकर्षण गराएको छ । आर्थिक मन्दिका कारण देशको आर्थिक अवस्था कमजोर भईरहेको अवस्थामा नेपाल सरकारले प्रगतिशिल कदम चाल्नुपर्ने माग बैठकले गरेको छ ।

पेशागत महासंघ नेपाल कोशी प्रदेशका अध्यक्ष अशेषकुमार लम्सालको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष पुन्य प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको पूर्ण बैठकले केन्द्रीय अनुशासन विभाग प्रमुख राजकुमार गिरीले महासंघको प्रदेश कमिटी भवन निर्माणको लागि इटहरीमा एक कट्ठा जग्गा दिएकोमा गिरीलाई विशेष धन्यवाद दिएको छ ।

बैठकले प्रदेश समितिको कामलाई व्यवस्थित गर्न सात सदस्यीय प्रदेश सचिवालय पनि गठन गरेको छ । जसमा अशेषकुमार लम्साल, सत्यनारायण मेहता, कमला प्रधान, प्रेमप्रसाद भट्टराई, डिल्ली धिमाल, राजेन्द्र खत्री र दिपेन्द्र भट्टराई रहेका छन् । पेशागत महासंघ नेपाल कोशी प्रदेशको समग्र गतिविधिलाई प्रचार गर्न स्मारिका प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

जिल्ला समितिको कामलाई व्यवस्थित गर्ने उदेश्यले बैठकले जिल्ला इन्चार्ज पनि ताकेको छ । जसमा बेधनिधि खनाल पाँचथर, राजन्द्र खत्री ओखलढुंगा र सोलुखुम्बु, अस्मिता आचार्य सुनसरी, विष्णु भट्टराई तेह्रथुम, कमला प्रधान भोजपुर र संखुवासभा, सुशिल पराजुली मोरङ, नन्दकुमार कोईराला इलाम र झापा, सत्यनारायण मेहता धनकुटा, लक्ष्मीमाया ओनेम ताप्लेजुङ्ग र थिर बहादुर कार्की खोटाङ्ग र उदयपुर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर