animated ellipse animated ellipse

कोशीका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ कार्तिक २०८१, आईतवार १८:३८
207
Shares
काठमाण्डौ / मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीला बल्लभ अधिकारीलाई दुई दिन हिरासतमै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

विराटनगरमा पक्राउ परेका अधिकारीलाई काठमाण्डौं ल्याइएको थियो । प्रहरीले आज विहान अधिकारीलाई निवासबाटै नियन्त्रणमा लिएर विराटनगरबाट हवाईजहाजमार्फत काठमाडौं ल्याइर्पुयाएको हो । अधिकारीले कोशी प्रदेशका मुख्यमन्त्री र आफ्नो पार्टी नेकपा एमालेलाई समेत कुनै जानकारी नदिई फर्जी कागजात बनाइएका तीन जना व्यक्तिसहित जापान गएका थिए । जापानबाट उनीसहित चारै जनालाई विमानस्थलबाटै नेपाल फर्काइएको थियो ।

पक्राउ परेका अधिकारीले नै ‘आफू गिरोहको चंगुलमा परेर’ जापान गएको भन्दै गल्ती स्वीकार गरिसकेका छन् । गिरोहको चलखेलका विषयमा आफू हङकङ पुगेपछि मात्र थाहा पाएको र जापान पुगेपछि नेपाल प्रहरीलाई खबर गरेको उनको जिकिर छ । तर जापानको अध्यागमनले प्रवेश नदिएपछि मात्रै नेपाल प्रहरीलाई यसबारे अधिकारीले जानकारी गराएको आशंका छ । आफूलाई प्रयोग गरेर मानव तस्करी भएको थाहा पाएपछि जापानबाटै फर्किएको उनको दाबी छ । जापानबाट फर्काइएका तीन जनामध्ये शेर्पासँग खोटाङको ऐंसेलुखर्क–२ को वडा सदस्यको नक्कली परिचयपत्र थियो भने देवकोटा र राईले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कर्मचारीको परिचयपत्र बोकेका थिए ।

कर्मचारीको परिचयपत्रमा ‘निमित्त कार्यालय प्रमुख’ का रूपमा अधिकारीकै हस्ताक्षर छ । नक्कली परिचयपत्र प्रहरीले बरामद गरिसकेको छ । यो घटना बाहिर आउनसाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए भने एमाले कोशी प्रदेश कमिटीले उनलाई पार्टीका कुनै पनि भूमिकामा नरहनेगरी निलम्बन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर